
प्रदेश ५ को राजधानी दाङ बनाउने प्रस्ताव प्रदेशसभामा प्रस्तुत, नाम लुम्बिनी

टवल । प्रदेश ५ को राजधानी दाङ बनाउने प्रस्ताव प्रदेश सभामा पेश भएको छ । आज बसेको बैठकमा प्रदेशका आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसीले सो प्रस्ताव पेस गरेका हुन् ।
प्रदेश सरकारले बैठकमा राजधानी र नामांकरण निर्धारणसम्बन्धी कार्यविधि पेश गरेर सो प्रस्ताव अघि बढाउन लागेको हो ।
राजधानी हालकै बुटवलमा राख्ने कि दाङ भन्ने विषयमा सत्तारुढ नेकपामा विवाद रहेको थियो । नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच दाङको भालुवाङमा राजधानी राख्ने सहमति भएपछि सरकारले प्रस्ताव अघि बढाउन लागिएको एक नेताले रातोपाटीलाई बताए ।
विपक्षी दलले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन । राजधानीका विषयमा विपक्षी सांसदहरु पनि विभाजित थिए । प्रदेश सरकारको तर्फबाट प्रस्तुत प्रस्ताव अनुसार दाङ राजधानी र नाम लुम्बिनी नामकारण गर्ने रहेको छ ।
राजधानी र नामाकरणका लागि दुई तिहाई मत चाहिन्छ । सो मत पूरा हुने देखिएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तेजेन्द्र के.सी.
केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् ।
तपाईको ईमेल गोप्य राखिनेछ