बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

शर्मिलालाई मिसेस नेशनल आईकनको उपाधि

मङ्गलबार, ०३ असोज २०७४, ११ : २६
मङ्गलबार, ०३ असोज २०७४

काठमाडौं –‘मिसेस नेशनल आईकन–२०१७’को उपाधि शर्मिला तामाङले जितेकी छन् । शर्मिलाले उपाधिसँगै यमाहाको स्कुटी तथा नगद पनि प्राप्त गरेकी छन् । 

ब्राईट इन्टरटेनमेन्ट प्रालिको आयोजना रहेको प्रतियोगीताको अन्तिम स्पर्धा सोमबार साझ आयोजना गरिएको थियो । स्पर्धामा फस्ट र सेकेण्ड रजरअप क्रमश जेनिफर बज्रचार्य र ख्लेमुहाङ राई भए भने थर्ड र फोर्थ रनरअप क्रमश अरुणा शेर्पा र स्मृति राई भए ।

उनीहरुले पनि दामाशाही नगद ७ हजार तथा सवटाइटल प्राप्त गरे । 

बिबाहित महिलालाई समाजप्रति उत्तरदायी बनाउँदै उनीहरुको आत्मविश्वास र व्यक्तित्व विकासमा सघाउ पु¥याउन आयोजना गरिएको भनिएको प्रतियोगिताको ब्युटि संयोजक सोनाम थुलुङ राई तथा कार्यक्रम संयोजक गणेश ईसाराले गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप