भक्तपुरमा बोलेरोको ठक्करबाट पैदलयात्रुको मृत्यु
मङ्गलबार, २५ वैशाख २०८१, २१ : ३४

काठमाडौँ । भक्तपुरको सुर्यबिनायक नगरपालिका–९ स्थित मिलनचोकमा बोलेरो जिपको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । गोरखाको पालुङटार नगरपालिका–२ घर भएका कमल बयलकोटीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी राजन कार्कीले रातोपाटीलाई बताए ।
साँगाबाट जगातीतर्फ आउँदै गरेको ना.५ ख २३६१ नम्बरको जीपले पैदलयात्रुलाई ठक्कर दिएको हो । जीप चालक सर्लाहीको लालबन्दी नगपालिका–१६ घर भएका २३ वर्षीय सागर माझीलाई प्रहरीले पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : सनराइजर्स विजयी, घरेलु मैदानमा ६ विकेटले हार्यो लखनउ
-
प्रिमियर लिग च्याम्पियन लिभरपुललाई हरायो ब्राइटनले
-
पुटिनसँग दुई घण्टा कुराकानी गरेपछि ट्रम्पले के भने ?
-
काठमाडौं उपत्यकामा एकाएक ठूलो वर्षा, देशका अन्य भागमा समेत मौसम गडबड
-
‘कालोबजारी गर्ने व्यवसायीलाई कारबाही’: मन्त्री भण्डारी
-
बैतडीमा हुरी र असिनापानी एकैसाथ, एक जना घाइते