काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष वैशाख कृष्णपक्ष औँशीका दिन जन्मदाता आमालाई सम्मान गरी मनाइने मातातीर्थ औँसीमा चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा आमाको प्रतिमाको दर्शन गर्ने भक्तजनको आज बिहानैदेखि घुइँचो लागेको हो ।
भक्तजन अघिल्लो दिन साँझदेखि नै आमाको सम्झनामा बत्ती बालेर जाग्राम बस्नुका साथै आज बिहान मातातीर्थ कुण्डमा स्नान गर्ने गर्दछन् ।
धर्मशास्त्रमा आमाको स्थान परमात्मा भन्दा उच्च मानिएको छ । आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि महान् मानिएको छ । पितृ ऋण तिर्न माता, पितालाई जीवित हुँदा सम्मानपूर्वक खुसी राख्ने तथा मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ ।
_zklSMIGwAu.jpg)
_3nWJDWl0eq.jpg)
_zS8c8nuUzC.jpg)
_aD3wH8N3ng.jpg)
_WKX0cCJK4C.jpg)
_qdMRis4RG5.jpg)
_gh2c67XfFn.jpg)
_9SI2jLY3O9.jpg)
_jrCaVfiA7E.jpg)
_LXPRpS4ZMd.jpg)
_oJj44jxKVd.jpg)
_BwrDPhUmLQ.jpg)
_fQT0tWaHN4.jpg)
_51pXYAhbKF.jpg)
_X1O6osPKWN.jpg)
_vG6WRaE2gC.jpg)
_mWSUkBiY37.jpg)
_bkMUHndOyz.jpg)
_bNq3TVItRR.jpg)
_sdEAKlvhY9.jpg)
_WWt9EPnx9g.jpg)
_LXtgcARP5V.jpg)
_QBj3TZe7Hr.jpg)
प्रतिक्रिया