आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कैलास सिरोहियाको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

मङ्गलबार, २५ वैशाख २०८१, २१ : २३
मङ्गलबार, २५ वैशाख २०८१

काठमाडौँ । सर्वोच्च अदालतले मिडिया उद्यमी कैलास सिरोहियाको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । नागरिकतासम्बन्धी विवादमा सिरोहियाले गृह मन्त्रालयलाई विपक्षी बनाएर दायर गरेको रिटमा न्यायाधीश टेक प्रसाद ढुंगानाको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । 

अदालतले निवेदकको माग बमोजिम आदेश दिनु नपर्ने भए १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न मन्त्रालयलाई आदेश दिएको छ । यस्तै अन्तरिम आदेशबारे छलफल प्रयोजनका लागि वैशाख २८ गते पेशी तोकिएको छ ।

k

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप