कैलास सिरोहियाको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
मङ्गलबार, २५ वैशाख २०८१, २१ : २३
काठमाडौँ । सर्वोच्च अदालतले मिडिया उद्यमी कैलास सिरोहियाको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । नागरिकतासम्बन्धी विवादमा सिरोहियाले गृह मन्त्रालयलाई विपक्षी बनाएर दायर गरेको रिटमा न्यायाधीश टेक प्रसाद ढुंगानाको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।
अदालतले निवेदकको माग बमोजिम आदेश दिनु नपर्ने भए १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न मन्त्रालयलाई आदेश दिएको छ । यस्तै अन्तरिम आदेशबारे छलफल प्रयोजनका लागि वैशाख २८ गते पेशी तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण