यस्तो छलफल भयो आपुर्ति मन्त्रीसँग चेम्बरको भेट
बुधबार, ०४ असोज २०७४, १८ : ५४
काठमाडौं – माननीय आपूर्तिमन्त्री शिबकुमार मण्डल र नेपाल चेम्वर अफ कमर्सका प्रतिनिधिमण्डद बीच आज बुधबार छलफल भएको छ ।
भेटमा आपूर्तिमन्त्रीले नेपाल चेम्वर अफ कमर्सले राजश्व सम्वन्धी देखिएका प्राविधिक कठिनाईहरु हटाउँंदै व्यवसायीहरुलाई स्वच्छ व्यवसाय गर्नका लागि आहवान गर्ने जनाएपछि दरवारमार्गमा बन्द रहेका पसल आवश्यक कानुनी प्रक्रिया पूरा गरी खुलाउन बुधबार नै पहल गर्ने प्रतिवद्धता जनाए । मन्त्री मण्डलले आफू पनि व्यवसायीहरुलाई अनावश्यक दुःख दिने पक्षमा नरहेको स्पष्ट पारेका थिए ।
चेम्वरका कार्यबाहक अध्यक्ष ज्ञानेन्द्र रत्न तुलाधरको नेतृत्वमा महासचिव कमलेशकुमार अग्रवाल, सचिव देवेन्द्रभक्त श्रेष्ठ, कार्यसमिति सदस्य दीपक मल्होत्रा, दरवारमार्ग विकास वोर्डका अध्यक्ष गोपाल सुन्दर कक्षपतिलगायतका सदस्यहरुको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला