शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

टेलिकमकी प्रबन्ध निर्देशक कामिनीको एक बर्ष :  सेवा प्रवाहमा तीव्रता भएको दाबी

शुक्रबार, ०६ असोज २०७४, १७ : १२
शुक्रबार, ०६ असोज २०७४

काठमाडौं–नेपाल टेलिकमले एक बर्ष अवधीमा आफ्नो नाफा वृद्धि गर्नेदेखि सेवा प्रवाह विस्तारमा उल्लेख्यनिय प्रगति गरेको छ । टेलिकमको नेतृत्व लिएको एक बर्ष पूरा भएको अवसरमा प्रवन्ध निर्दशक कामिनी राजभण्डारीले शुक्रबार आयोजित कार्यक्रममा यो अवधीमा ग्राहक सेवामा तिव्रता दिएको बताइन् । 

उनले सेवा वितरण तर्फ ०७३ असार मसान्तसम्ममा कम्पनीको टेलिफोन ग्राहक आधार १ करोड ५० लाख १५ हजार २६ रहेकोमा ०७४ असार मसान्तसम्ममा १७.२३ प्रतिशतले ले वृद्दि भई १ करोड ७६ लाख २ हजार २०२ पुगेको जनाएइन् . यसैगरी डाटा–इन्टरनेट ग्राहक आधार तर्फ ०७३ असार मसान्तसम्ममा ७६ लाख ७ हजार ५६९ रहेकोमा ०७४ असार मसान्तसम्ममा १०.७६ प्रतिथशतले वढेर ८४ लाख २५ हजार ८९४ पुगेको उनल जनाइन् ।

कम्पनीको भ्वाइस सेवाको टेलिघनत्व ५३.७१ प्रतिशत बाट वृद्धि भई ६२.१३ पुगेको र डाटा सेवाको घनत्व २७.२१ प्रतिशतवाट बाट वृद्धि भई २९.७४ प्रतिशत  पुगेको छ । कम्पनीको कूल आम्दानी अघिल्लो वर्ष ४४ अर्व २१ करोड रहेकोमा यस वर्ष करिव १.४ ले वृद्धि भई ४४ अर्व ८३ करोड पुगेको जनाइएको छ । गत बर्ष २५ अर्ब ९८ करोड खर्च भएकोमा यस वर्ष करिव ६.२४ प्रतिशतले ले घटर २४ अर्ब ३६ करोड कायम भएको जनाइएको छ । 

कर पछिको खुद मुनाफा गत वर्ष  १३ अर्व २७ करोड भएकोमा यस वर्ष करिव १३.११ ले वृद्धि भई १५ अर्व एक करोड पुगेको छ । प्रति शेयरआम्दानी गत वर्ष  ८८.४७ भएकोमा यस वर्ष १००.११ पुगेको छ ।

कार्यक्रमगत उपलब्धिमा पुराना प्रविधिका एक्सचेन्जलाई प्रतिस्थापन गरि डाटा उपलब्ध गर्ने क्षमता सहित ७१ स्थानका ९७ हजार २ सय २४ लाइन प्रतिस्थापन सम्पन्न भैसकेको र चालु आबमा थप २ लाख ५) हजार लाइन प्रतिस्थापन गर्ने कार्य शुरु भैसकेको जनाइएको छ ।

यसैगरी नयाँ १३४ स्थानमा एजी संचालन भई करिब ५० हजार लाइन र २६ हजार लाइन एडीएसएल क्षमता बृद्धि भएको जनाइएको छ . कूल वितरण भएको ६ लाख ८१ हजार लाइन मध्ये २८ लाइन करिब १ लाख ९० हजार लाइन आइपी प्रविधि बाट संचालन भई सकेको जनाएको छ ।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणबाट फोर जी सेवा सञ्चालन गर्न प्रविधी तटस्थता अन्तर्गत एक हजार ८ सय एमएचजेट ब्याण्डमा फोजी संचालनको अनुमति प्राप्त भए पश्चात मुलुक मै पहिलो पटक पौष १७ मा काठमाडौँ उपत्यका र पोखरामा सेवा संचालन गरेको जनाएको छ । यसबाट काठमाडौँ र पोखरामा फोर नेटवर्क विस्तार बाट डाटा खपतमा बृद्धि देखिएको छ  । 

यस्तै, समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै डोल्पाको दुनै र हुम्लाको सिमिकोटमा जीएसएम प्रविधिको फोरजी  मोबाइल सेवा सञ्चालन सँगै मुलुकको ७५ वटै जिल्लामा थ्री जी सेवा सञ्चालन भएको जनाएको छ । यसै वर्ष मुगुको रारा क्षेत्रमा पहिलो पटक थ्रीजी सेवा बिस्तार, सिन्धुपाल्चोकको अति दुर्गम चेपे डांडा, बाग्लुंगको उत्तर पश्चिम भेगको बिकट तमान खोला गाउँ पालिका, सगरमाथा आरोहीहरुको गाउँ भनेर चिनिने दोलखाको बिकट मानिने गौरीशंकर गाउपालिका, च्छो रोल्पा क्षेत्रको बेदिंग, धादिंगको लापा र तिप्लिंगमा समेत जीएसएम सेवा विस्तार भएको जनाएको छ ।

मध्यपहाडी लोकमार्ग तथा पहाडी विस्तार गर्ने काम अघि वढाएको उपलव्धी यो बर्षमा भएको राजभण्डारीले जनाइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप