१० वर्ष कान्छा निक जोनससँगको विवाहबारे यसो भन्छिन् प्रियंका चोपडा
बलिउड नायिका प्रियंका चोपडाले हालै निक जोनस र उनीबीचको १० वर्षको उमेर भिन्नतामाथि खुलेर कुरा गरेकी छिन् । प्रियंकाले विवाह गरेदेखि नै यो विषय धेरैको चासो बनेको छ । हालै एक म्यागजिन फोटोसुटका बेला प्रियंकाले यसबारे कुरा गरेकी छिन् । उनका अनुसार उमेरको अन्तर र संस्कृति उनीहरुको प्रेमको बीचमा कहिल्यै नआएको उनले बताएकी छिन् ।
प्रियंका चोपडा भन्छिन्, ‘एक साधारण जोडी झैं तपाईंहरु दुबैले एक–अर्काको बानी, रुची र अरुचीबारे बुझ्न अत्यावश्यक छ । मेरा लागि निकसँगको जीवन एक एड्भेन्चरजस्तै छ । समस्याको सामना गर्ने किसिमको छैन । हाम्रा लागि उमेरको भिन्नताले कहिल्यै पनि महत्व राखेको छैन ।’
स्मरण रहोस्, प्रियंका चोपडा र निक जोनसको विवाह राजस्थानको उमैद भवनमा भएको थियो । नजिकका साथी र परिवारको उपस्थितीमा प्रियंकाले हिन्दू र क्रिश्चियन दुबै तरिकाले विवाह गरिन् । प्रियंकाका विवाहसँग जोडिएका थुप्रै भिडियो अहिले पनि सोसल मिडियामा बेलाबेलामा चर्चाको विषय बन्ने गर्छ ।
सोसल मिडियामा यो जोडी निकै सक्रिय रहन्छ । एक अर्काको फोटो सेयर गर्नेदेखि दुबैले आफ्ना नीजि पल पनि सेयर गर्ने गर्छन् । प्रियंकालाई अन्तिम पटक द स्काई इज पिंकमा देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै