
मुकुन र मेनुकाको ‘गणपति’ फ्लोरमा

काठमाडौं । अभिनेता मुकुन भुषाल र अभिनेत्री मेनुका प्रधानको मुख्य भूमिका रहने फिल्म ‘गणपति’ को छायाँकन सुरु भएको छ । बिहीबार तनहुको बन्दीपुर गाउँपालिका थारुबासबाट फिल्मको छायाँकन सुरु गरिएको हो । फिल्मका निर्देशक सविन अधिकारी हुन् ।
गाउँले परिवेशमा खिचिने फिल्मको आधिकांश छायाँकन तनहुँको बन्दीपुरमा नै हुने निर्देशक अधिकारीले बताए । अधिकारीकै कथा, पटकथा तथा संवाद रहेको फिल्ममा लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरी निर्माताको रुपमा रहेका छन् ।
मुकुन र मेनुकाका अलावा सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, अर्जुन गुरुङ, सुशिल पोखरेल, श्रीदेव वि.एल लगायतको अभिनय फिल्ममा रहनेछ । भगवान र मानिस बीचको भिन्नता देखाउन खोजिएको फिल्ममा हरिबहादुर घलेको छायाँकन, विक्रम स्वारको कोरियोग्राफी रहनेछ । गोविन्द शाहीको वितरण रहने फिल्म फिल्मको ओभरसिज राइट्स स्रित फिल्मस् एण्ड इन्टरटेन्मेन्टले लिएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ