शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधि सभा विघटनविरुद्ध माइतीघरमा सांसद्हरुको धर्ना (फोटो /भिडियो)

बुधबार, १४ माघ २०७७, १४ : १७
बुधबार, १४ माघ २०७७

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध चरणबद्ध आन्दोलनमा होमिएको नेकपा प्रचण्ड–माधव पक्षले बुधवार काठमाडौको माइतीघरमा धर्ना दिएको छ । 
धर्नामा पार्टी नेता कार्यकर्ताका साथै संविधानसभा सदस्य, संघीय सांसद तथा प्रदेश सभा सदस्यहरु सहभागी बने । धर्नामा सहभागीहरुले ‘संसद् विघटन गर्न पाइँदैन, निरंकुशतन्त्र चाहिँदैन’ भन्ने प्लेकार्ड समेत प्रदर्शन गरेका थिए । 

प्रचण्ड–माधव पक्षले माघ १३ गतेबाट तेस्रो चरणका संघर्षका कार्यक्रम जारी राखेको छ । जसअन्र्तगत माघ १४ देखि २१ सम्म धर्ना कार्यक्रम जारी राख्ने कार्यक्रम रहेका छन् । त्यस्तै माघ १५,१६ र १७ क्रमशः बुटवल,विराटनगर र धनगडीमा तथा २८ गते काठमाडौमा विरोध प्रदर्शन र सभा आयोजना गर्ने तय भएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप