चर्चामा रोमनको ‘यो बिछोड हो कि माया’
आइतबार, ०९ फागुन २०७७, १३ : ३७
काठमाडौँ । गीत ‘यो बिछोड हो कि माया’ यतिबेला चर्चामा छ । केही दिनअगाडि सार्वजनिक गीत धेरैले रुचाएका छन् । समाचार तयार गर्दासम्म गीतले युट्युवको ट्रेनिङको ७ औं स्थान ओगट्न सफल भएको छ । गीतका कारण यसका गायक रोमन प्रकाशको समेत अहिले चर्चा चुलिएको छ । गीतको अलवा रोमनको स्वरको पनि प्रशंसा गरिएको छ ।
गीतमा रोमनलाई रचना रिमालले स्वरमा साथ दिएकी छन् । भिडियोमा भने प्रकाश सपूत र आँचल शर्माको अभिनय देख्न सकिन्छ । मुस्ताङमा छायांँकन गरिएको यो गीतमा प्रकाश र आँचल प्रेमी प्रेमिकाको रुपमा देखिएका छन् ।
गीतमा उत्तम विचारले शब्द, रिमेश कुमारको संगीत रहेका गीतको भिडियो सरोज ओलीले निर्देशन गरेका हुन् ।
विक्रम स्वारको कन्सेप्ट र कोरियोग्राफी रहेको भिडियोमा नवराज उप्रेतीको छायाँकन तथा अमन मानन्धरको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न