शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लुटेराले लगेको सुनचाँदी व्यवसायीको गाडी भेटियो

मङ्गलबार, ३१ चैत २०७७, ०० : ०३
मङ्गलबार, ३१ चैत २०७७

काठमाडौं । सिरहाको लहानका सुनचाँदी व्यवसायी राजेश सारडाको घरबाट लुटेराहरुले लगेको गाडी फेला परेको छ । हतियारधारी लुटेरा समूहले लिएर भागेको सारडाको बा.१०च ९३०२ नम्बरको जिप  जिल्ला प्रहरी सिरहाको टोलीले जिल्लाको कल्याणपुर नगरपालिका १२ बेल्हामा फेला परेको हो ।  

प्रहरीलाइ देखेपछि लुटेराहरु गाडी र सुन चाँदी छाडेर फरार भएको जिल्ला प्रहरी सिरहाले जनाएको छ ।  घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप