शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘ग्ल्यामर लुक्स’ ले पनि बलिउडमा टिकेनन् यी अभिनेत्री

मङ्गलबार, ०७ वैशाख २०७८, १४ : ०१
मङ्गलबार, ०७ वैशाख २०७८

फिल्म क्षेत्रमा ‘ग्ल्यामर लुक्स’ ले निकै ठूलो भूमिका दिन्छ । ग्ल्यामरले विशेषगरी अभिनेत्रीहरुलाई फिल्म क्षेत्रमा टिकाइराख्ने विश्वास गरिन्छ । 

तर, बलिउडका केही अभिनेत्रीहरु जसले ‘बोल्ड लुक्स’ दिएर पनि फिल्म क्षेत्रमा आफ्नो करियर स्थापित गर्न सकेनन् । 

अमिषा पटेल
यो सूचीमा सबैभन्दा पहिलो नाम अमिषा पटेलको आउँछ । उनले ‘कहो न प्यार’ जस्ता थुप्रै सुपरहिट फिल्म दिएकी छन् । तर उनको ‘बोल्डनेस’ ले उनलाई लामो समय फिल्म क्षेत्रमा टिकाउन सकेन । उनी आजभोलि फिल्म क्षेत्रबाट टाढा रहेकी छन् ।

रिमी सेन 
रिमीले ‘हंगा’ फिल्मबाट बलिउडमा डेब्यू गरेकी थिइन् । उनले थुप्रै सुपरहिट फिल्ममा समेत काम गरिन् । उनले फिल्ममा रोमान्टिक सीन दिएर पनि फिल्म क्षेत्रमा लामो समय टिक्न सकिनन् । 

शमिता शेट्टी
‘मोहब्बतें’ बाट फिल्म क्षेत्रमा पाइला टेकेकी शमिता शिल्पा शेट्टी सानी बहिनी हुन् । उनले जति नै बोल्ड लुक्स दिएपनि उनीपनि फिल्म क्षेत्रमा लामो समय टिक्न सकिनन् । 

किम शर्मा 
यी अभिनेत्री पनि आफ्नो समयकी सबैभन्दा ‘हट’ र ‘बोल्ड’ अभिनेत्रीको रुपमा परिचित थिइन् । उनी व्यक्तिगत जीवनका कारण निकै चर्चामा रहिन् । तर, फिल्ममा भने उनलाई टिक्न गाह्रो भयो । 

कोयना मित्रा 
फिल्मका सुरुवाती दिनहरु ‘आइटम’ गीतमा देखिएकी मित्राले फिल्ममा भने स्थान बनाउन सकिनन्  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप