शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एक अर्ब बढीको शेयर कारोबार

शनिबार, २८ असोज २०७४, १६ : २२
शनिबार, २८ असोज २०७४

काठमाडौँ -धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । 

नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ हजार ८१० कित्ता शेयर कारोबार भएर नेप्से परिसूचक पहिलो दिनको तुलनामा ०।०१ अंकले बढेर एक हजार ५१० अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सम्बेदनशील परिसूचक पहिलो दिनको तुलनामा ०।६७ अंकले बढेर ३१७।६३ अंकमा आइपुगेको छ । 

यस साता कारोबार रकमका आधारमा चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । सो कम्पनीको रु १३ करोड ५६ लाख ३० हजार बराबरको शेयर कारोबार भएको छ । 

यस्तै कारोबार भएको शेयर संख्याका आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको एक लाख ६२ हजार कित्ता शेयर कारोबार भयो । 

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्र तर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । 

यस साता लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी, एनबी इन्स्योरेन्स कम्पनी र पूर्णिमा विकास बैंकको हकप्रद शेयर सूचीकृत भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप