शुक्रबार, १९ वैशाख २०८२
ताजा लोकप्रिय

योगेशले सरकारलाई भने : राष्ट्रको मिसन कोभिड १९ लाई बनाऔं

बिहीबार, ३० वैशाख २०७८, ०९ : ५३
बिहीबार, ३० वैशाख २०७८

काठमाडौं । एमाले नेता योगेश भट्टराईले राजनीतिक विमतिहरुलाई थाती राखेर राष्ट्रको मिसन कोभिड १९ लाई बनाउन सरकार र राजनीतिक दलहहरुको ध्यानाकर्षण गराएका छन् । 

नेता भट्टराईले आफ्नोतर्फबाट सरकारको ध्यानाकर्षण गराउँदै आज विश्व नै कोभिडबाट आक्रान्त भएको र हरेक दिन बिरामीहरुको अकाल मृत्यु र उनीहरुका परिवारको चित्कारका समाचारले सरकार र भाग्यले बाँचेकाहरू पनि लाचार बनिरहेको अवस्था रहेको उल्लेख गरेका छन् ।
 
सामाजिक सञ्जाल फेसबुकमा बिहीबार बिहानै भट्टराइले देश अझ संकटतिर जाँदै गरेको पनि स्मरण गराएका छन् । 

‘हाम्रो देश अझ संकट तिर जाँदै छ । विगतदेखि कै सरकारहरुले सर्वजनिक स्वास्थ्यलाई राज्यको प्रमुख दायित्वका रुपमा लिएर प्रयाप्त काम नगरेका कारण आज यो बिस्फोट बन्न पुगेको छ’, उनले भनेका छन्, ‘बिरामीका लागि न्युनतम अक्सिजन र बेड दिन नसक्नुले हामी सबै लज्जित छौ । यस्तो समवेदनशील अवस्थामा भैरहेका अस्वस्थ राजनीतिक खेलहरूले सरकार, राज्ययन्त्र तथा राजनीतिक नेतृत्वप्रतिको असन्तुष्टी बढदै गएर ब्यवस्था नै धरापमा पर्नसक्ने संभावनाप्रति सबै सचेत हुनुपर्दछ ।’  

यस्तो छ सरकारलाई भट्टराईको ध्यानाकर्षण :
 
१. अहिले तुलनात्मक रुपमा चिनमा कोभिडको असर कम भएको देखिन्छ । तसर्थ अघिल्लो समयमा इटली लगायतका युरोपेली मुलुकमा चिनले स्वास्थ्य सामाग्री र जनशक्ति सहित जसरी सहयोग गरेको थियो त्यसरी नै अहिले नेपाललाई सहयोग गर्न नेपाल सरकारले चिन सरकारलाई अनुरोध गर्नु पर्दछ । र भारत लगायत अन्य देशका सरकारलाई पनि अनुरोध गरी सहयोग तत्काल ल्याउनु पर्दछ ।

२. २०७२ को महा भुकम्प पछी जसरी राजनीतिक बिरामीहरुलाई थाती राखेर सरकार र राजनीतिक नेतृत्वले सहमतिमा काम ग¥यो, एमाले, माओवादी र नेकाका बिचमा १६  बुँदे सहमति गरी संविधान निर्माण गर्ने जोखिमपूर्ण काम सम्पन्न भयो त्यसरी नै कोभिड बिरुद्धको लडाईँमा फेरी एक पटक राष्ट्रिय सहमतिका साथ ठोस योजनामा सबैले काम गर्नु पर्दछ। राष्ट्रको मिसन कोभिड १९ लाई बनाउनु पर्दछ ।  

३. सम्पूर्ण जनशक्तिलाई कोभिड बिरुद्धको लडाईँमा केन्द्रित गर्ने र छिटो प्रकृयाबाट थप जनशक्ति भर्ना गर्ने ।  

४. आर्थिक अभाव हुन नदिने । अन्य शिर्षकका बजेट पनि कोभिडमा केन्द्रित गर्ने । कोभिड बिरुद्धको लडाईँमा खटेको जनशक्ति बाहेक राज्यबाट पारिश्रमिक लिने अरु सबैको सुबिधा हाललाई स्थगित राख्ने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप