बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

आईपीएल : मुम्बईले राजस्थानसामु दियो २१८ रनको लक्ष्य

बिहीबार, १८ वैशाख २०८२, २१ : ४१
बिहीबार, १८ वैशाख २०८२

काठमाडौँ । आईपीएल २०२५ को ५० औं खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई २१८ रनको लक्ष्य दिएको छ । 

जयपुरको सवाई मानसिंह रंगशालामा टस हारेर ब्याटिङमा उत्रिएको मुम्बईले २० ओभरमा मात्र २ विकेट गुमाएर २१७ रन बनाउन बनायो । 

सूर्यकुमार यादव र कप्तान हार्दिक पाण्ड्याले समान २३/२३ बलमा समान ४८/४८ रन बनाएर अविजित रहे । दुवैले ९४ रनको अविजित साझेदारी गरे ।

ओपनर रायन रिकेलटनले ६१ र रोहित शर्माले पनि ५३ रन बनाए । रियान पराग र महेश तीक्क्षणाले एक एक विकेट लिए । 

आज पराजित भए राजस्थान प्रतियोगिताबाट बाहिरिने पक्का छ । आज विजयी भए मुम्बई तालिकाको शीर्ष स्थानमा उक्लिने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप