शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

तेलको ट्याङ्कर बिस्फोट, १ सय २३ को डढेर मृत्यु, सयभन्दा बढि घाइते

आइतबार, ११ असार २०७४, ११ : ५०
आइतबार, ११ असार २०७४

पाकिस्तानको बहावलपुरमा एक तेलको ट्याङ्करमा लागेको आगोमा डढेर १ सय २३ जनाको मृत्यु भएको छ भने सय भन्दा बढि घाइते भएका छन् । तेल बोकिरहेको ट्याङ्करमा आइतबार बिहान दुर्घटना लगत्तै बिस्फोट भएको थियो ।

रेडियो पाकिस्तानका अनुसार उक्त ट्याङ्कर बहावलपुरमा टर्निङ लिने क्रममा पल्टिएको थियो । दुर्घटना हुँदा थुप्रै मानिसको त्यहाँ उपस्थिती थियो ।

दुई फायर इन्जिनले अन्ततः आगोमाथि नियन्त्रण गर्न सफल भएको बताइएको छ ।

दुर्घटनामा ६ कार र १२ मोटरसाइकल जलेर खरानी भए । घाइतेलाई जिल्लाको हेडक्वार्टर अस्पतालमा भर्ना गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप