शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मिस नेपालदेखि मिस वर्ल्डसम्म निकिताको यात्रा (हेर्नुहोस् तस्विर)

बुधबार, २९ कात्तिक २०७४, १४ : ३४
बुधबार, २९ कात्तिक २०७४

काठमाडौँ – चीनको सन्यामा केही दिनयता ‘मिस वर्ल्ड २०१७’ को आयोजना भइरहेको छ । ९० भन्दा बढी मुलुकबाट छानिएका १ सय १८ सुन्दरीहरूले आ–आफ्नो देशको प्रतिनिधित्व गर्दै प्रतियोगीतामा उत्कृष्ट दिने कोसिस गरिरहेका छन् ।

यही प्रतियोगितामा नेपाल सुन्दरी निकिता चन्दक पनि सहभागी छन् । मिस वर्ल्डको ताज नेपाल भित्र्याउने उद्देश्यका साथ उनी त्यहाँ पुगेकी हुन् । प्रतियोगितामा उनलाई पहिलो सफलता भने शनिबार मिलेको छ । अन्तिम प्रतिस्पर्धाका लागि छानिने उत्कृष्ट ४० सुन्दरीभित्र उनी पनि छनौट हुन सफल भएकी छन् ।

‘हेड टु हेड’ कन्टेस्ट नामकरण गरिएको पहिलो चरणमा उनी ग्रुप नम्बर ३ बाट विजयी हुँदै अन्तिम प्रतिस्पर्धामा पुग्न सफल भएकी हुन् । मिस वल्र्डमा यो वर्षदेखि ‘हेड टु हेड’ कन्टेस्टबाट २० अन्तिम प्रतिस्पर्धी छान्न थालिएको हो । पाँचजना फास्ट ट्र्याकबाट र १५ जना निर्णायकबाट अन्तिम प्रतिस्पर्धाका लागि प्रतियोगी छान्ने गरिन्छ ।

निकिताले प्रतियोगितामा आफूले पाएको पहिलो सफलता सामाजिक सञ्जाल मार्फत सेयरसमेत गरेकी छन् । प्रतियोगिताको अन्तिम स्पर्धा आगामी शनिबार आयोजना हँुदैछ । ४० प्रतिस्पर्धीर्ले र्याम्प नाप्ने प्रतियोगितामा विजेता बन्न उनले ३९ प्रतियोगीलाई पछि पार्नुपर्नेछ । सो कोसिसमा उनी लागिपरेकी छन् ।

को हुन् निकिता 
 

निकिता ‘मिसन नेपाल २०१७’ की विजेता हुन् । तराई निवासी मारवाडी समुदायकी चेली मोरङकी बासिन्दा हुन् । २२ वर्षीय निकिताका आमाबुबा अनिल र सुष्मा चण्दक हुन् । १९ प्रतिस्पर्धीलाई पछि पार्दै उनले यो वर्षको मिस नेपालमा शीर्षसहित ‘मिस कन्फिडेन्ट र मिस पपुलर च्वाइस’ अवार्डसमेत हात परेकी थिइन् । नेवार समुदायको वचस्र्व तोड्दै मिस नेपालको ताज पहिरिएकी निकिता केही विवादमा पनि मुछिएकी थिइन् । उनको रूपरङ्गमाथि केहीले कटु टिप्पणी गर्दै ‘भारतीय’को ट्यागसमेत भिराउने कोसिस गरेका थिए । तर उनले विभिन्न अन्तर्वार्तामार्फत सो आरोप चिर्न सफल भइन् । 

ट्यालेन्ट 

उनले भारतको राजस्थानबाट १२ कक्षाको अध्ययन पूरा गरिन् । त्यसअघि उनी उर्लाबारीको मोरङ मोडल र पशुपति आवासीय माविमा पढ्थिन् । उनले बैङ्ग्लोरस्थित जेडी इन्स्टिच्युट अफ फेसन टेक्नोलोजीबाट ग्राजुएसन समेत गरेकी छन् । यसपछि उनी फेसन सोहरूमा सहभागी भएकी हुन् । ‘पुणे फेसन विक–२०१६’, ‘केरला फेसन विक –२०१६’, ‘द विडिङ हाउस सो’जस्ता फेसन सोहरूमा र्याम्प नापेको अनुभव उनीसँग छ । अभिनय र गायनमा सानैदेखि लगाव राख्ने उनको उचाइ ५ फिट ९ इन्च छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप