मधेसी दलमाथि खनिए माओवादी नेता
रौतहट– रौतहट निर्वाचन क्षेत्र नं ३ का बाम गठबन्धनका उम्मेदवार प्रभू साहले मधेसवादी दलहरुले विभिन्न मुद्दा अघि सारेर मधेसी जनतालाई नै ठग्दै आएको बताएका छन् ।
उनले मधेसबादी दलले मधेसीको भावनासँग खेलवाड गरिरहेको टिप्पणी पनि गरे ।
आफ्नो चुनावी अभियान अन्तर्गत बिहिवार गरुडा नगरपालिका महम्मदपुरमा टोलमा घरदैलो गर्ने क्रममा साहले भने ,‘८ जिल्लाबाट उम्मेद्बारी दिएका मधेसबादी दलले संबिधान संशोधनको कुरा गरेर ठगीरहेका छन् ।’ चार बर्षमा ४ वटा सरकार परिवर्तन भैएकाले बिकास निर्माणमा समस्या भएको विना विभागिय मन्त्री समेत रहेका साहले बताए ।
मधेसी,दलित,जनजाती ,मुस्लिम ,आदिवासी लगायतको अधिकार दिलाउन संविधान संशोधन आवश्यक रहेकाले बाम गठबन्धनले दुई तिहाई बहुमत ल्याउन जरुरी रहेको साहको भनाइ थियो । एमाले र माओवादी केन्द्रको दुईसहितको सरकार बने सबैभन्दा पहिले मधेसको अधिकारका लागि संविधान संशोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता