शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रोकिएला बुथकब्जा ? बढ्यो-मतदाता र मतदानस्थल सुरक्षाको चिन्ता

सोमबार, ०४ मङ्सिर २०७४, ०६ : ३२
सोमबार, ०४ मङ्सिर २०७४

निर्वाचन मिति नजिकिँदै गर्दा दोलखामा मतदाता र मतदानस्थल सुरक्षाको चिन्ता बढेको छ ।

कांग्रेस र वाम गठबन्धनका उम्मेदवारले एकअर्कालाई बुथकब्जा गर्न सक्ने आरोप लगाउँदै मतदाता सुरक्षाप्रति चिन्ता जनाएका छन् । उनीहरू भन्छन्, ‘बुथकब्जा भएन भने मै चुनाव जित्छु ।’ 
 

सुन्दै अचम्म लाग्छ, २०४८ सालदेखि नै दोलखामा बुथकब्जाको क्रमभंग भएको छैन । कांग्रेस, एमाले र पछिल्लो पटक चुनावमा प्रवेश गरेको माओवादीले समेत यही हतियार प्रयोग गर्दै आएको छ ।

जसका कारण यहाँ चुनावमा भिडन्त, हुलदंगा, मारकाटका घटना सामान्यजस्तै भएका छन् । गत स्थानीय तहकै चुनावमा यस्तै भिडन्तमा दुई जनाको ज्यान गएको थियो । 

स्थानीयका अनुसार दोलखामा २०४८ यताका कुनै पनि निर्वाचन बिनाधाँधली सम्पन्न भएनन् ।

तर वाम गठबन्धन र कांग्रेस दुवै उम्मेदवार भने बुथकब्जा नभए आफूले जित्ने दाबा गर्छन् । उम्मेदवारहरू अहिले पनि बुथकब्जाकै रणनीतिमा देखिन्छन् भने सुरक्षाकर्मी यसलाई तोड्ने तयारीमा लागेका छन् ।यो खबर आजको कान्तिपुरमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप