धितोपत्र सम्बन्धि आयो दलालहरुको यस्तो विरोध, विज्ञप्ति सहित
काठमाडौं – करदाता सेवा कार्यालयले धितोपत्र दलाल व्यवसायीहरुलाई दिएको निर्देशनप्रति कडा विरोध जनाएको छ । व्यवसायीहरुलाई मूल्य अभिबृद्धि कर निर्धारण गरी मंसिर २५ सम्मको जरिवाना, ब्याज तथा थप दस्तुर गणना गरी अन्तिम कर निर्धारण आदेश जारी गरेको र मूल्य अभिबृद्धि कर प्रयोजनको लागि दर्ता भई कारोबार गर्न गरेको निर्देशन सम्बन्धमा गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
यस्तो प्रकारको पूजित प्रवाहलाइ नकारात्मक प्रभाव पार्ने प्रयत्न तन्काल फिर्ता लिन समेत आग्रह गरेको छ ।
नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडेल, शेयर लगानीकर्ता सँघका अध्यक्ष उत्तम नेपाल त्यस्तै, नेपाल पुँजी बजार सँघका अध्यक्ष नवराज सुवेदी र स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालका अध्यक्ष प्रियराज रेग्मी लगायतको हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘पन्ध्रलाख भन्दा बढी लगानीकर्ताहरू संलग्न रहेको सम्बेदनशील पूँजी बजारलाई प्रत्यक्ष रुपमा नकारात्मक प्रभाब पार्ने मुल्य अभिबृद्धी कर लगाउने सम्बन्धि निर्णय सात (७) दिन भित्र फिर्ता लिईं ‘भ्याट मुक्त पूँजी बजार, भय रहीत शेयर कारोबार’ गर्ने वातावरण सिर्जना नगरेमा अन्य संघर्षका कडा कार्यक्रम गर्न बाध्य हुने व्यहोरा यसै विज्ञप्ती मार्फत जानकारी गराउछौ ।’
हेर्नुसः विज्ञप्तिसहित
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू