निर्वाचन आचारसंहिता मंसिर २७ गतेदेखि हट्योः आयोग
काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भदौ १४ गतेदेखि लागू गरेको निर्वाचन आचारसंहिता मंसिर २७ गतेदेखि नै हटाएको जानकारी गराएको छ ।
आयोगको मंसिर २६ गतेको बैठकले निर्वाचन आचारसंहिता लागू नरहने निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । निर्वाचन आचारसंहिताअनुसार आयोगले तोकेका निकायका लागि तोकिएको अवधिभर संहिता लागू हुनेछ ।
नेपाल सरकार र नेपाल सरकारका मन्त्री, स्थानीय तह, स्थानीय तहका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा तत्तत् निकायमा कार्यरत सुरक्षाकर्मी, निर्वाचनको काममा संलग्न कर्मचारी र सार्वजनिक पद धारण गरेका व्यक्तिका लागि आयोगले मंसिर १० र २१ गते हुने निर्वाचनका लागि भदौ १४ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरेको थियो । उम्मेदवारको हकमा भने मनोनयन दर्ता गराएको मितिदेखि निर्वाचन आचारसंहिता लागू भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता
-
फिल्म ‘खुस्मा’ को छायाङ्कन रुकुमको मैकोटबाट सुरु
-
जसपा नेपालको सङ्गठित सदस्य एक लाख ४५ हजार, साधारण सदस्य कति ?