शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

खैरेनीटार बजार इकाईको सभापतिमा कायस्थ र उपसभापतिमा हिराचन विजयी

मङ्गलबार, १८ पुस २०७४, ०९ : ५२
मङ्गलबार, १८ पुस २०७४

तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाईको सभापतिमा पुर्ण बहादुर कायस्थ निर्वाचित भएका छन् । 

इकाईको सोमबार भएको १० औ अधिवेशनले कायस्थको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो । 

कायस्थले १९२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी वर्मा कुमार श्रेष्ठले १२२ मत ल्याए । उपसभापति र कोषाध्यक्षमा भने श्रेष्ठ प्यानलका सुजित हिराचन र सुजन कुमार श्रेष्ठ विजयी भएका छन् । हिराचन २०० मत ल्याएर उपसभापतिमा विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी रबिन्द्रराज पौडेलले ११४ मत ल्याए । त्यस्तै कोषाध्यक्षमा श्रेष्ठले १६५ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी सुरेन्द्र कुमार श्रेष्ठले १४५ मत ल्याएका छन् । 

सदस्यहरुमा कायस्थ प्यानलबाट अमृत घिमिरे, बुद्धि कुमार श्रेष्ठ ,पिताम्बर तिमिल्सिना र सोम प्रसाद श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठ प्यानलबाट सदस्यमा केश बहादुर गुरुङ ,गोपी कृष्ण तिवारी, प्रेम बहादुर श्रेष्ठ र जोसिला थापा विजयी भएका छन् । 

जिल्ला प्रतिनिधिमा हालका सभापति अर्जुन कुमार श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ । सचिव भने नयाँ कार्यसमितिले पछि मनोनित गर्ने छ । कुल ३४० मतदाता रहेकोमा ३१८ मत खसेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप