बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

भारत लैजाँदै गरेका २० बालकको  यसरी भयो उद्धार

मङ्गलबार, २५ पुस २०७४, २० : ४६
मङ्गलबार, २५ पुस २०७४

जुम्ला – तिला गाउँपालिकास्थित कुडारी प्रहरी चौकी जुम्लाले भारत लैजाँदै गरेका २० जना बालकको आज दिउँसो उद्धार गरेको छ । 

उद्धार गरिएका सबै बालक जुम्ला पातारासी गाउँपालिका ७ र ८ हुरी, महरी, पेरे र तल्फी गाउँका रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका निमित्त प्रहरी नायब उपरीक्षक चुडामणि पुनले जानकारी दिए ।

यता कुडारी प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक हिरालाल बस्नेतले नेपालगन्ज जाँदै गरेको गाडीको जेकजाँचका क्रममा २० जना बालबालिका भेटिएको बताए ।

‘उनीहरूलाई कहाँ जाने भनेर सोधपुछ गरे, लामा पढ्न भारत जाने भनेपछि उनीहरूलाई लैजाँदै गरेका दुई जनासँग कागज मागे तर भेटाइन । पछि सबैलाई जाँचबुझ गरेर मात्र छोड्नुपर्छ भनेर जिल्ला पठाएँ’ उनले भने ।  

सबै बालकलाई आज जिल्ला प्रहरी कार्यालयको महिला प्रहरी सेलमा राखिएको छ । अभिभावकको सहमतिमा लिन थालिएको भनिएपनि आधिकारिक कागजात केही नभएको र बालकहरूलाई भारततर्फ लैजाँदै गरेका पातारासी गाउँपालिकाकै दुवै जनालई अनुसन्धानका लागि हिरासत कक्षमा राखिएको निमित्त प्रनाउ पुनले बताए ।

आधिकारिक कागजात विना भारत लैजाँदै गरेका बालकहरूका अवस्थाका बारेमा बुझ्न पातारासी गाउँपालिकाका अध्यक्ष र अभिभावकलाई बोलाइएको पनि उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप