नेपाल इन्स्योरेन्सले १०ः४ रेसियोमा हकप्रद सेयर जारी गर्ने
काठमाडौँ । नेपालकै पहिलो बीमा कम्पनी ‘नेपाल इन्स्योरेन्स’ ले हकप्रद (राइट) सेयर जारी गर्ने भएको छ । पुँजी वृद्धिका लागि नियामक नेपाल बीमा प्राधिकरणले दबाब दिएसँगै कम्पनीले हकप्रद सेयर जारी गर्ने तयारी गरेको हो ।
बीमा प्राधिकरणले गत वर्ष एक निर्देशन जारी गर्दै २०८० चैत मसान्तसम्म जीवन बीमा कम्पनीलाई न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुर्याउन र निर्जीवनी बीमा कम्पनीहरुलाई २ अर्ब ५० करोड रुपैयाँ पुर्याउन निर्देशन गरेको थियो । उक्त निर्देशन बमोजिम प्राधिकरणले बीमा कम्पनीहरुलाई चुक्ता पुँजी वृद्धि गर्ने समय केही बढाइदिएको छ ।
यसै नीति बमोजिम नेपाल इन्स्योरेन्सको वैशाख १७ गते मंगलबार बसेको सञ्चालक समितिको १७ औं बैठकले हाल कायम कम्पनीको १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँको ४० प्रतिशत बराबरको हकप्रद जारी गर्ने निर्णय गरेको हो । हाल कायम सेयरको १० कित्ता बराबर ४ कित्ता सेयर हुनेगरी १०ः ४ को अनुपातमा हकप्रद जारी गर्ने निर्णय सञ्चालक समितिले गरेको हो ।
बीमा प्राधिकरणबाट सैद्धान्तिक स्वीकृती भई आए बमोजिम उक्त हकप्रद सेयर जारी गर्न आगामी विशेष साधारण सभामा प्रस्ताव लैजाने निर्णय भएको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानको रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी
-
ट्रम्पले जेलेन्स्की र नेतान्याहुसँग छुट्टाछुट्टै वार्ता गर्दै
-
श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ
-
सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो
-
आज कर्णालीको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त हुँदैछन् मङ्गलबहादुर शाही
-
विश्वभरका जेनजी विद्रोहले भारतको युवा आन्दोलनलाई के सन्देश दिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण