अप्रिलमा १ लाख ११ हजार विदेशी पर्यटक भित्रिए
काठमाडौँ । सन् २०२४ को अप्रिल महिनामा १ लाख ११ हजार ३७६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । २०२३ को अप्रिलमा ९८ हजार ७७३ जना भित्रिएकोमा पछिल्लो वर्ष १२.७६ प्रतिशत पर्यटक आगमन वृद्धि भएको हो ।
यस्तो आगमन प्रि–कोभिड ( सन् २०१९) को तुलनामा १.८१ प्रतिशतले वृद्धि भएको छ । सन् २०१९ को अप्रिलमा १ लाख ९ हजार ३९९ जना पर्यटक नेपाल भित्रिएका थिए । योसँगै सन् २०२४ को ४ महिनामा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या ४ लाख १६ हजार ६९ पुगेको छ ।
कुन देशबाट कति भित्रिए ?
नेपाल पर्यटन बोर्डकाअनुसार अप्रिल महिनामा भित्रिएको कूल पर्यटक मध्ये ३० हजार १५८ जना भित्रिएका छन् । यो कूल संख्याको २७.०७७ प्रतिशत हो । यसैगरी संयुक्तराज्य अमेरिकाबाट यसै अवधिमा ९ हजार ९४७ जना, चीनबाट ९ हजार ७५० जना, आयरल्याण्डबाट ५ हजार ३९१ जना भित्रिएका छन् ।
अस्ट्रेलियाबाट ४ हजार ११० जना भित्रिएकोमा यसै अवधिमा बंगलादेशबाट ४ हजार ३ जना, फ्रान्सबाट ३ हजार ७५५ जना, जर्मनीबाट ३ हजार २७० जना, रुसबाट २ हजार ९७७ जना र मलेसियाबाट २ हजार ३१० जना भित्रिएको बोर्डले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण