शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

अप्रिलमा १ लाख ११ हजार विदेशी पर्यटक भित्रिए

बिहीबार, २० वैशाख २०८१, १२ : ४५
बिहीबार, २० वैशाख २०८१

काठमाडौँ । सन् २०२४ को अप्रिल महिनामा १ लाख ११ हजार ३७६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । २०२३ को अप्रिलमा ९८ हजार ७७३ जना भित्रिएकोमा पछिल्लो वर्ष १२.७६ प्रतिशत पर्यटक आगमन वृद्धि भएको हो । 

यस्तो आगमन प्रि–कोभिड ( सन् २०१९) को तुलनामा १.८१ प्रतिशतले वृद्धि भएको छ । सन् २०१९ को अप्रिलमा १ लाख ९ हजार ३९९ जना पर्यटक नेपाल भित्रिएका थिए ।  योसँगै सन् २०२४ को ४ महिनामा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या ४ लाख १६ हजार ६९ पुगेको छ । 

कुन देशबाट कति भित्रिए ?

नेपाल पर्यटन बोर्डकाअनुसार अप्रिल महिनामा भित्रिएको कूल पर्यटक मध्ये ३० हजार १५८ जना भित्रिएका छन् । यो कूल संख्याको २७.०७७ प्रतिशत हो ।  यसैगरी संयुक्तराज्य अमेरिकाबाट यसै अवधिमा ९ हजार ९४७ जना, चीनबाट ९ हजार ७५० जना, आयरल्याण्डबाट ५ हजार ३९१ जना भित्रिएका छन् । 

अस्ट्रेलियाबाट ४ हजार ११० जना भित्रिएकोमा यसै अवधिमा बंगलादेशबाट ४ हजार ३ जना, फ्रान्सबाट ३ हजार ७५५ जना, जर्मनीबाट ३ हजार २७० जना, रुसबाट २ हजार ९७७ जना र मलेसियाबाट २ हजार ३१० जना भित्रिएको बोर्डले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप