कुशल भुर्तेलले लिए वेस्ट इन्डिजको दोस्रो विकेट

काठमाडौँ । नेपालले चौथो टी–२० क्रिकेटमा बिहीबार भ्रमणकारी टोली वेस्ट इन्डिज ‘ए’ को दोस्रो विकेट लिएको छ । वेस्ट इन्डिजको दोस्रो विकेट कुशल भुर्तेलले लिएका हुन् । उनले वेस्ट इन्डिजका ओपनर जोन्सन चाल्र्सलाई दीपेन्द्रसिंह ऐरीद्वारा क्याच गराएका हुन् ।
पेभेलियन फर्किनुअघि चाल्र्सले अर्धशतक बनाएका थिए । उनले केवल ३० बलको सामना गरी ६ छक्का र तीन चौकाको मद्दतले ५८ रन बनाए । १० औँ ओभरको अन्तिम बलमा चार्ल्स आउट हुँदा वेस्ट इन्डिजले एक सय एक रन बनाएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भ्रमणकारी टोली वेस्ट इन्डिजले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । पाँच खेलको शृंखलामा वेस्ट इन्डिज २–१ ले अगाडि छ ।
शृंखलाको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । दोस्रो खेलमा भने वेस्ट इन्डिजले नेपालमाथि १० रनको रोमाञ्चक जित हासिल गरेको थियो । तेस्रो खेलमा पनि वेस्ट इन्डिजले नेपाललाई ७६ रनले हराएको थियो ।
T20I Tri-Series in Scotland, 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोबाइल चार्ज गर्दा करेन्ट लागेर गर्भवती महिलाको मृत्यु
-
लुम्बिनी प्रदेश सरकारको खर्च ११ महिनामा ५८ प्रतिशत, कुन मन्त्रालयको अवस्था कस्तो ?
-
भोजपुरमा लोपोन्मुख ‘रेड पान्डा’को संरक्षण गर्न क्यामेरा जडान
-
अल हिलालसँग बराबरीमा रोकियो रियल
-
चैते धान थन्क्याउने चटारोमा किसान
-
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची