प्रदीपको ‘ऐरी’ मा ‘जवान’ अभिनेता सांगेको इन्ट्री
काठमाडौंँ । भुटानका चर्चित कलाकार सांगे सेल्ट्रिमले फिल्म ‘ऐरी’ मा काम गर्ने पक्का भएको छ । सांगे र यो फिल्मका निर्देशक जीवन थापाबिच बुधबार अभिनय बिषयमा सम्झौता भएको हो । फिल्मका लागि सांगे मंगलबार नेपाल आएका थिए ।
नायक प्रदिप खड्काको मुख्य भूमिका रहने यो महत्वकांक्षी फिल्ममा सांगेको भूमिका के हुने हो भन्ने अहिले खुलाइएको छैन । नेपाली फिल्ममा काम गर्न पाउँदा आफू निकै उत्साहित भएको सांगेले बताएका छन् । ‘मैले यो फिल्ममा काम गर्नुको मुख्यकारण यसको कथावस्तु हो’, सांगेले भने, ‘ मलाई सधैं नै योद्धाको कथामा काम गर्न मन थियो । यो फिल्मबाट मेरो सपना पुरा हुँदैछ ।’ बलिउड र नेपाली फिल्म क्षेत्रको सहकार्य हुन लागेकाले पनि आफू यो फिल्ममा काम गर्न उत्साहित भएको सांगेको भनाई छ ।
फिल्मको हाल प्रि प्रोडक्शनको काम धमाधम चलिरहेको छ । यो फिल्मलाई नेपाली, हिन्दीका साथै दक्षिण भारतीय भाषामा पनि डब गरिनेछ । फिल्ममा सुवास काले, प्रशान्तकुमार गुप्ता र राजन कुँवरको संयुक्त निर्माण रहनेछ । फिल्मको छायाङ्कन केही महिनापछि सुरु हुनेछ । निर्माणपक्षले अब कलाकारहरुलाई अनुबन्धित गर्ने कामलाई अगाडि बढाएको बताए । बलिउड अभिनेता शाहरुख खानको ‘जवान’ फिल्ममा काम गरेपछि सांगेको चर्चा देश विदेशमा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण