शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदीप र जसिताको रोमान्स युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा

बुधबार, ०३ माघ २०७४, १३ : १८
बुधबार, ०३ माघ २०७४

काठमाडौं – पछिल्लो समयका स्टार प्रदीप खड्काको गीत तथा चलचित्रले थोरै समयमा दर्शक धेरै पाउने गरेको छ । यस्तैमा प्रदीप अभिनित चलचित्र  ‘लिलिबिली’को पहिलो गीत ‘इज इट लभ’ले पनि धेरै दर्शक पाएको छ ।
आइतबार साँझ सार्वजनिक यो गीतले छोटो समयमा धेरै दर्शक पाउदै युट्युव ट्रेन्डिङमा पहिलो स्थानमा आउन सफल भएको छ । रिलिजको झण्डै ४० नबित्दै गीतले युट्युबमा आफुलाई शिर्ष स्थानमा उभ्याउन सफल भएको हो । करिब ७ लाख दर्शक रहेको यो गीतले १३ हजार समेत लाइक पाउन सफल भएको छ । 
भिडियोलाई अधिकांशले उत्कृष्ट भन्दै छायाँकन स्थल र छायाँकन शैलीको तारिफ गरेका छन् ।
गीतमा अभिनेता प्रदीप र नव नायिका जसिता गुरुङको रोमान्स देख्न सकिन्छ । सुदीप बरालको छायाँकन रहेको गीत कविराज गहतराजको कोरियोग्राफीमा तयार भएको हो । प्रताप दास र मेलिना राईले स्वर दिएको गीतमा एलिस कार्कीले संगीत  दिएका छन् । गीतमा शब्द राजेश कुमार श्रेष्ठको रहेको छ । 
चलचित्रमा प्रदीप र जसिताका अलावा प्रियंका कार्की, अनुप विक्रम शाही लगायतको पनि अभिनय छ । मिलन चाम्सको निर्देशन रहेको चलचित्र गोबिन्द शाही र सुदीप खड्काले निर्देशक मिलनसँगको सहकार्यमा बनाएका हुन् । 
१४ बैशाख रिलिज मिति तोकिएको चलचित्र कटल्याण्ड, नेपाल, लन्डन र टर्कीको स्थानबुलमा छायाँकन गरिएको छ । चलचित्र मिलन चाम्सले निर्देशन गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप