शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

व्यवसायिक अचारण पालना नगर्ने धितोपत्र व्यवसायीलाई जरिवाना

आइतबार, ०७ माघ २०७४, १७ : १३
आइतबार, ०७ माघ २०७४

काठमाडौं– नेपाल धितोपत्र बोर्डले व्यवसायिक आचरण पालना नगरेको भन्दै धितोपत्र दलाल व्यवसायी प्रज्ञान सेक्यूरिटिज प्रा.लिलाई कारवाही गरेको छ ।

 सो संस्थाले २०७३ चैत्र देखि विराटनगरमा शाखा कार्यालय स्थापन गरी कारोबार गर्दे आइरहेकोमा उक्त शाखाका शाखाका प्रमुखले मिति गत जेठ ४ गते  सिभिल बैंकको साधारण सभा अगावै शेयर किन्न आव्हान गर्दै भाइवरमा म्यासेज गरेका थिए । जुन विषयमा बोर्डमा उजुरी परेको थियो ।

उजुरीपछि नेपाल धितोपत्र बोर्डले गरेको छानवीनका क्रममा सो संस्थाल व्यवसायिक आचरण कायम गराउन नसकेको र व्यवसायिक स्तर कायम गरेको नदेखिएकोले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (७) बमोजिम बोर्डले ७५ हजार रुपैयाँ आर्थिक जरिवाना गरेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप