दीपाको रुपमा लोभिए हरिबंश
आइतबार, ०७ माघ २०७४, १८ : ३९

काठमाडौं – प्रदीप भट्टराई निर्देशित चलचित्र ‘शत्रु गते’को पहिलो गीत ‘रुपै मोहनी’लाई दर्शकले रुचाएका छन् । केही साता अगाडि सार्वजनिक यो गीतलाई अहिले सम्म ५ पचास लाख बढीले हेरेका छन् ।
गीतको भिडियोमा हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । राम्रा कलाकारको अभिनय रहेकोले पनि गीत दर्शकको रोजाइमा पर्न सफल भएको हो ।
गीतमा शब्द लोकराज अधिकारी र संगीत टंक बुढाथोकीको रहेको छ । गीतलाई टंकले मीना निरौलासँग संयुक्त रुपमा गाएका छन् भने कोरियोग्राफी कविराज गहतराजको रहेको छ ।
तराई र काठमाडौंमा छायाँकन गरिएको चलचित्र दर्शकले ९ चैत्रमा हेर्न पाउँनेछन् । चलचित्रले तराइको बिषयबस्तु उठाएको छ । मह सञ्चारले निर्माण गरेको यो चलचित्रका प्रस्तुतकर्ता हाँस्यकलाकार किरण केसी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभाको पाक्षिक क्यालेन्डर तय, ८ दिन बैठक बस्ने
-
पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको चोरमारा पुल भाँचिदा यातायात अवरुद्ध
-
‘अन्यायविरुद्ध रेखा सधैँ उभिन्छे’
-
सगरमाथा संवादको तयारी अन्तिम चरणमा
-
निवर्तमान गभर्नर अधिकारीविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा
-
सीमावर्ती विमानस्थलमा एयर इन्डियाले गर्यो उडानहरू रद्द