निवर्तमान गभर्नर अधिकारीविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा
मङ्गलबार, ३० वैशाख २०८२, १० : ५१

काठमाडौँ । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज प्रारम्भिक चरणको सुनुवाइ हुँदै छ ।
अधिवक्ता नवीन धितालले अधिकारी पदमा रहँदै गठित गभर्नर सिफारिस समितिमा नियुक्त गरिएको र सो कार्य गैरकानुनी भएको दाबी गर्दै दायर गरेको रिटमाथि न्यायाधीश विनोद शर्माको इजलासमा पेसी तोकिएको छ ।
अधिकारीले चैत २४ मा उमेरहदका कारण अवकाश पाएका थिए । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा चैत १६ गते गभर्नर सिफारिस समिति गठन भएको थियो । समितिबाट पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि अधिकारीलाई वैशाख १७ गते सो समितिमा नियुक्त गरिएको थियो ।
पदमा बहाल रहेकै अवस्थामा गठन भएको सिफारिस समितिमा बसेर काम गर्नु कानुनविपरीत भएको दाबी रिटमा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पक्राउ पुर्जी जारी सांसद प्रधानमन्त्रीसँगै राख्नु सुशासनको कुन नमुना हो ?’
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
-
सगरमाथा संवादमा को-को आउँदैछन् विदेशी प्रतिनिधि ? (नामावलीसहित)
-
जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ
-
चिर्पट प्रहार गरी श्रीमानको हत्या
-
आईसीसी टेस्ट च्याम्पियनसिपको फाइनलका लागि अस्ट्रेलियन टोलीको घोषणा