मौसम
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
सोमबार, २९ वैशाख २०८२, २२ : ३३
काठमाडौँ । काभ्रेको रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध भएको छ । सोमबार अपरान्ह परेको वर्षापछि आएको बाढीका कारण बीपी राजमार्ग अवरुद्ध भएको हो ।
बाढीले रोशी गाउँपालिका १२ माम्तीस्थित सडक बगाएको हो । अहिले राजमार्गमा गुडिरहेका गाडीहरूलाई सुरक्षित स्थानमा रोकेर राखिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी कोमल शाहले जानकारी दिए ।
सडक सुचारु गर्नको लागि पहल भइरहेको उनले बताए । यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै केही सवारी साधनलाई सिन्धुलीतर्फ नै फर्काइएको उनले बताए । बाढीको बहाव घट्ने क्रममा रहेको समेत उनले बताए । यात्रुहरूको व्यवस्थापनका लागि अहिले प्रहरीका विभिन्न युनिटबाट टोली खटिएको समेत शाहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण