संसद् बैठक
प्रतिनिधिसभाको पाक्षिक क्यालेन्डर तय, ८ दिन बैठक बस्ने
मङ्गलबार, ३० वैशाख २०८२, ११ : ०४

काठमाडौँ । प्रतिनिधिसभाले जेठ १ गतेदेखि १५ गतेसम्मको बैठक बस्ने पाक्षिक क्यालेन्डर तय गरेको छ ।
सभामुख देवराज घिमिरेको अध्यक्षतामा बिहान बसेको कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री अजय चौरासियासहित प्रमुख दलका प्रमुख सचेतकहरूको बैठक र कार्यव्यवस्था परामर्श समितिको बैठकले पाक्षिक क्यालेन्डर बनाएको हो ।
क्यालेन्डर अनुसार जेठ एक गनेदेखि १५ गतेसम्म प्रतिनिधिसभा बैठक ८ दिन बस्नेछ । सभामुखको सचिवालयले उपलब्ध गराएको क्यालेन्डरका अनुसार प्रतिनिधिसभा बैठक जेठ १, २, ४, ५, ६, १३, १४, १५ गरी ८ दिन बस्नेछ ।
प्रतिनिधिसभामा आजबाट विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल प्रारम्भ हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खोटाङमा टेबलटेनिस र बुद्धिचाल प्रतियोगिता सुरू
-
नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री
-
बाबुरामलाई प्रश्न– प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र छाडेकोमा पश्चाताप लागेको छैन ?
-
मोदीको भनाई खारेज गर्दै पाकिस्तानले भन्यो – हामी ‘आतंकवाद पीडित’
-
ट्रम्पको दाबी भारतद्वारा अस्वीकार
-
खनाल आयोगका सुझाव तत्काल कार्यान्वयन गर्न नसक्ने सरकारको संकेत