सीमावर्ती विमानस्थलमा एयर इन्डियाले गर्यो उडानहरू रद्द
नयाँ दिल्ली । भारत पाकिस्तानबिच युद्धविरामको बीचमा, एयर इन्डियाले आफ्ना यात्रुहरूका लागि नयाँ एड्भाइजरी जारी गरेको छ । भारतको निजी विमान कम्पनी एयर इन्डिया र इन्डिगोले मंगलबार सीमावर्ती क्षेत्रका केही विमानस्थलबाट आफ्ना उडानहरू रद्द गरेको जानकारी दिएका छन् ।
एयर इन्डियाले आफ्नो एक्स अकाउन्टमा लेखेको छ, ‘पछिल्लो घटनाक्रम र यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै, मे १३ मंगलबार जम्मु, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ राजकोटबाट हुने उडानहरू रद्द गरिएको छ ।
इन्डिगोले पनि मंगलबार जम्मु, अमृतसर, चण्डीगढ, लेह, श्रीनगर राजकोटबाट आफ्ना उडानहरू रद्द गर्ने जानकारी पनि दिएको छ । एड्भाइजरीमा यात्रुहरूलाई थप जानकारीको लागि एयरलाइन्सको वेबसाइटमा सम्पर्क गर्न भनिएको छ ।
चार दिनसम्म चलेको सैन्य झडपपछि मे १० भारत पाकिस्तानबिच युद्धविराममा सहमति भएको थियो । तर भारतीय सेनाले सोमबार जम्मू कश्मरीको साम्बा सेक्टरमा शंकापद ड्रोन देखिएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बञ्चरेडाँडामा २१ वर्षदेखि राज्यले विश्वासघात गर्यो : सांसद थपलिया
-
स्ट्रेट अफ होर्मुज पार गर्ने प्रयास गरेका दुई जहाजमाथि आक्रमण
-
वरिष्ठ उपाध्यक्ष डाँगीद्वारा उत्तम भ्लोन लामाको प्यानललाई भोट हाल्ने घोषणा
-
सम्पन्न बस्तीका नाममा भएको ठगी छानबिन होस् : सांसद अधिकारी
-
राज्य व्यवस्था समितिले गठन गर्यो ५ वटा उपसमिति
-
ज्ञानेन्द्र शाहीको टिप्पणी : अर्थमन्त्रीले किताब पढ्नुभयो, समाज र माटो बुझ्नुभएन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण