सीमावर्ती विमानस्थलमा एयर इन्डियाले गर्यो उडानहरू रद्द

नयाँ दिल्ली । भारत पाकिस्तानबिच युद्धविरामको बीचमा, एयर इन्डियाले आफ्ना यात्रुहरूका लागि नयाँ एड्भाइजरी जारी गरेको छ । भारतको निजी विमान कम्पनी एयर इन्डिया र इन्डिगोले मंगलबार सीमावर्ती क्षेत्रका केही विमानस्थलबाट आफ्ना उडानहरू रद्द गरेको जानकारी दिएका छन् ।
एयर इन्डियाले आफ्नो एक्स अकाउन्टमा लेखेको छ, ‘पछिल्लो घटनाक्रम र यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै, मे १३ मंगलबार जम्मु, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ राजकोटबाट हुने उडानहरू रद्द गरिएको छ ।
इन्डिगोले पनि मंगलबार जम्मु, अमृतसर, चण्डीगढ, लेह, श्रीनगर राजकोटबाट आफ्ना उडानहरू रद्द गर्ने जानकारी पनि दिएको छ । एड्भाइजरीमा यात्रुहरूलाई थप जानकारीको लागि एयरलाइन्सको वेबसाइटमा सम्पर्क गर्न भनिएको छ ।
चार दिनसम्म चलेको सैन्य झडपपछि मे १० भारत पाकिस्तानबिच युद्धविराममा सहमति भएको थियो । तर भारतीय सेनाले सोमबार जम्मू कश्मरीको साम्बा सेक्टरमा शंकापद ड्रोन देखिएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुल बुझाउने म्याद थपको सूचना पुनः जारी
-
प्रधानमन्त्री ओलीले शुभारम्भ गरे बनेपामा बन्ने फिल्म स्टुडियो ‘सिनेपाः’
-
यसअघि प्रधानमन्त्री हुँदा अहिलेको जस्तो पैसाको हाहाकार थिएन : प्रधानमन्त्री
-
रवीन्द्र मिश्र पक्राउ प्रकरण : सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर
-
नागरिक पेन्सन योजना सञ्चालन गर्न लगानी कोष र गोदावरी नगरपालिकाबिच सम्झौता
-
आईसीसी टेस्ट च्याम्पियनसिप फाइनल : दक्षिण अफ्रिकी टोलीको घोषणा, कागिसो राबडाले पनि स्थान पाए