शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ओमविक्रमको सहयोगका लागि अमेरिकामा सांस्कृतिक साँझ

सोमबार, ०८ माघ २०७४, ११ : १४
सोमबार, ०८ माघ २०७४

काठमाडौँ । दुवै किड्नी फेल भएर उपचार्थ रहेका नेपालका प्रसिद्ध गायक एवम् पप–सम्राट ओमविक्रम विष्टको सहयोगार्थ  अमेरिकामा सहयोग साँझ आयोजना गरिएको छ । 

गायक राजेश हमाल म्यानेजिङ डाइरेक्टर रहेको रिभेल इभेन्ट इन्क तथा त्यहाँ स्थित नेपाल अमेरिकन कलाकार संघ, गायक राम श्रेष्ठ, अभय ढुंगेल र स्वतन्त्र कलाकार सिर्जना स्याङडेनको संयुक्त आयोजनामा ओमविक्रम बिष्ट सहयोग आयोजना गरिएको हो । 

कार्यक्रममा अमेरिकामा रहेका कलाकारहरुको सहभागिता रहेको थियो । उनीहरुले ओमविक्रम बिष्टका कालजयी अमर गीतहरु नै गाएर सबैलाई मनोरञ्जन प्रदान गरेका थिए । 

सपनाश्री, राम श्रेष्ठ, तिलकबम मल्ल, संगीता मुखिया, राजेन्द्र राई, सानु शेर्पा, गीता बिर्लाकोटी, रानी श्रेष्ठ, विश्व तेन्जिङ, बिमल डाँगी, गम्बु शेर्पा, सुवर्ण शाक्य, सुरेन्द्र बाँस्तोला, दीलिप शिरिष, यशोदा खालिङ राई, पूजा न्यौपाने, बसन्ती राईले प्रस्तुति दिएका थिए । साथमा बिट्स ब्याण्डवाट रोकेश गुरुङ, थिन्ले थकाली र रिन्जी शेर्पाले पनि रमाइलो प्रस्तुति दिएका थिए ।

बाद्यबादनमा शिशिर श्रेष्ठ, तबलाबादक न्हूच्छेमान डंगोलले प्रस्तुति दिएका थिए। कार्यक्रमको संचालन विक्की पुलामी मगर र शकुन ज्ञवालीवाट भएको थियो ।
सांगीतिक कार्यक्रमवाट लगभग ७ हजार १ सय ८९ अमेरिकी डलर संकलन भएको आयोजकले जनाएको छ । 

उक्त रकम पप–सम्राट ओमविक्रम बिष्टलाई उपचार्थ हस्तान्तरण गर्ने कार्य आयोजकवाट भएको छ । जसबाट पप–सम्राट विष्टले आफूजस्तै विरामी पूर्ण गुरुङलाई १ हजार डलर सहयोग गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप