फिलिपिन्समा पाँच कम्युनिष्ट विद्रोही मारिए
सोमबार, ०८ माघ २०७४, १७ : ३३
एजेन्सी– दक्षिणी फिलिपिन्सको एक ग्रामीण क्षेत्रमा यहाँको कम्युनिष्ट विद्रोही समूह र सेनाबीचको भिडन्तमा परी पाँचको ज्यान गएको समाचार छ । मारिनेमा यहाँको कम्युनिष्ट विद्रोही समूह, न्यू पिपुल्स् आर्मी (एनपिए) का पाँचजना गुरिल्ला परेका छन् ।
सोमबार बिहान सबेरै सैनिक र विद्रोहीबीच भएको झपडमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको र केही घाइते भएको सैनिक अधिकारीहरुले जानकारी दिएका छन् । दक्षिणी फिलिपिन्सको कोटाबाटा प्रान्तमा सो भिडन्त भएको थियो । सो क्षेत्रमा उक्त विद्रोही समूहको बाक्लो उपस्थिति रहेको मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबीच भेटवार्ता
-
फिल्म ‘खुस्मा’ को छायाङ्कन रुकुमको मैकोटबाट सुरु
-
जसपा नेपालको सङ्गठित सदस्य एक लाख ४५ हजार, साधारण सदस्य कति ?
-
बजेट बनाउँदै राखेप : नेताका नाममा हुने प्रतियोगितालाई बजेट नदिने
-
मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै
-
तीन जना एसएसपीको सरुवा, काठमाडौँमा वसन्त रजौरे