शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

कालीमाटीका तरकारी व्यवसायीलाई यस्तो छ चेतावनी

मङ्गलबार, ०१ फागुन २०७४, १५ : २७
मङ्गलबार, ०१ फागुन २०७४

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले नियमसम्मत ढंगले कारोवार नगर्ने व्यवसायीलाई कडा कार्वाही गर्ने चेतावनी दिएको छ । समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले नियमसम्मत ढंगले कारोबार नगर्ने व्यवसायीलाई कडा कार्वाही गर्न बाध्य हुने चेतावनी दिएका हुन् ।
उनले तोकिएको मूल्य अनुसार तरकारी तथा फलफूलको कारोबार गर्ने व्यवसायीलाई पुरस्कृत गर्दै लगिएको पनि स्मरण गराए ।
समितिले बजार सुधार अभियानलाई तीव्रता दिने प्रतिवद्धता पनि जनाएको छ । मंगलबार समितिको २४ औं वार्षिकउत्सव कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक पौडेलले बजार सुधार अभियानमा सुधार ल्याउन फोहोरमैला व्यवस्थापन गर्न प्रधानमन्त्री कृषि कार्यक्रमसँग सहकार्य गरेर काम अघि बढाइएको पनि जानकारी दिए ।
समितिले उत्कृष्ट ढंगले बजारमा तरकारी तथा फलफूल कारोबार गर्ने व्यवसायीलाई हरेक वर्ष पुरस्कृत गर्दै आएको छ । सरकारले आम उपभोक्तालाई ध्यानमा राखेर कालीमाटीमा फलफूल तथा तरकारी बजार आजभन्दा २४ वर्ष अघि नै संचालनमा ल्याएको हो । 
तरकारी तथा फलफूलको गुणस्तर मापन गर्न समितिले प्रयोगशालाको समेत स्थापना गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप