शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जगदिशपुर ताल नजिकै होमस्टे सञ्चालन

बुधबार, ०२ फागुन २०७४, ०९ : ५७
बुधबार, ०२ फागुन २०७४

जीतपुर, कपिलवस्तु - होमस्टे घरबास प्रति पर्यटकको आकर्षण बढ्दै गएपछि यस जिल्लामा पनि पहिलो पटक होमस्टे सञ्चालनमा ल्याइएको छ । 

कपिलवस्तु नगरपालिका–९, जगदिशपुरमा पहिलो पटक थारु समुदायले होमस्टेको शुरुआत गरेका हुन् । 

कपिलवस्तु रहेका बुद्धसँग सम्बन्धित ऐतिहासिकस्थल तिलौराकोट दरबार, कुदान, गोटिहवा, निगालीकोटलगायतका पर्यटकीय क्षेत्र तथा जगदिशपुर तालमा रहेका चरा हेर्न आउने पर्यटकलाई मध्यनजर गर्दै होमस्टे सञ्चालन गरिएको हो । 

नेपालकै सबैभन्दा ठूलो मानव निर्मित तथा विश्व सिमसार क्षेत्रमा सूचीकृत जगदिशपुर ताल नजिकै रहेको जगदिशपुर गाउँमा जगदिशपुर जलाशय घरबासको शुरुआत गरिएको हो । 

तेह्र घरधुरीबाट शुरुआत गरिएको होमस्टेमा अहिलेसम्म २०० भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आएको जगदिशपुर जलाशय होमस्टेका सचिव सरिता थारुले बताउ । होमस्टेमा क्यानाडा, अमेरिका, श्रीलंका, चीनलगायत विभिन्न मुलुकका पर्यटक पुग्ने गरेका छन् । 

समूहलाई दर्ता गरेर व्यवस्थितरुपमा होमस्टे व्यवसाय सञ्चालन गर्ने योजना बनाइएको सचिव थारुले बताए । होमस्टेमा थारु जातिका लोकप्रिय खाना घाँेगी, लोकल कुखुरा, ढिकरी, चिचर, खोरिया, हाँसको छोइला पाउने गरेको होमस्टे सञ्चालक बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप