शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टी एकता पहिले स्पष्ट नीतिको पक्षमा जनयुद्धका सहीद परिवार

बुधबार, ०९ फागुन २०७४, १६ : २५
बुधबार, ०९ फागुन २०७४

काठमाडौँ–एमाले र माओवादी केन्द्रबीच एकता हुने भएपछि जनयुद्धका सहिद परिवारले पनि आफ्नो भूमिका र अस्तित्वबारे छलफल सुरु गरेका छन् । पार्टी एकतापछि सहिदको बलिदानीलाई अवमूल्यान हुने डर सहिद परिवारलाई छ । 
जनक्रान्तिका महान् सहिद परिवार समाज नेपालले बुधबार काठमाडौँको संवाद डबलीमा पहिलो चरणको छलफल तथा अन्तरक्रिया गरेको छ । 
माओवादी केन्द्र निकट समाजको ६ नम्बर प्रदेशले आयोजना गरेको छलफलमा सहिद परिवारहरुले एकतापछि सहिद राष्ट्रिय सहिद घोषणा गरिनुपर्ने, बलिदानीको मूल्यांकन र अस्तित्वबारे धारणा राखेका थिए । 
सहिद परिवार समाजका ६ नम्बर प्रदेशका संयोजक कर्णजीत बुढाथोकी ‘सुशील’ले नेकपा एमालेले नेतृत्वले कस्तो व्यवहार गर्छ भन्ने सहिद परिवारलाई चिन्ता लागेको बताए । ‘हिजो त हाम्रो सरोकार माओवादीसँग मात्रै थियो, अब पार्टी एकता हुँदैछ । एमाले नेतृत्वले कस्तो व्यवहार गर्छ त्यसले एकीकृत पार्टीको नीति बन्ने भएकोले छलफल सुरु गरेका हौँ’ शुसिलले भने । उनले एकता हुनुपूर्व जनयुद्धका सहिद परिवारप्रति पार्टी नीति प्रष्ट हुनुपर्ने धारणा राखेका छन् । 
माओवादीहरुबीच एकता नभएर एमालेसँग पार्टी एकता हुन लागेको कारण जनयुद्धका सहिदहरुलाई हेर्ने एमालेको दृष्टिकोण प्रष्ट हुनुपर्ने उनीहरुको भनाई छ । जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गरिनुपर्ने, परिवारको अभिभावक राज्य हुनुपर्ने भेलामा सहभागी सहिद परिवारले धारणा राखेका छन् । 
उनीहरुले आउँदो साता ६ नम्बर प्रदेशको भेला बोलाउने र देशभरीका सहीद परिवारको राष्ट्रिय कार्यक्रमको पहल गर्ने निर्णय गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप