कविता: कोही हुँदैनन् जाने
शनिबार, ०१ वैशाख २०७५, ०८ : ३३
-लक्ष्मण सिटौला
कोही हुँदैनन् जाने फूलको मलामी
कोही दिँदैन उसलाई अन्तिम सलामी
एक्लै ऊ झर्छ भुइँमा काडा नि हुन्न साथ
एक्लै उदासी गीत गाउँछ हरेक रात
कोही दिँदैनन् उसलाई हातको सिरानी
कोही हुँदैनन् जाने फूलको मलामी
साटेर आँसु रुन्छ बिहानी शीतसँग
मूर्छित जिन्दगीको कस्तो छ है यो रङ
सबलाई प्यारो लाग्ने सुन्दर जवानी
कोही हुँदैनन् जाने फूलको मलामी