एनआईसी एशिया ग्रोथ फण्ड स्टक एक्सचेन्जमा सूचिकृत
काठमाडौँ । एन आई सी एशिया बैंक लिमिटेडको सहायक कम्पनी एन आई सी एशिया क्यापिटल लिमिटेडले निष्काशन गरेको सामुहिक लगानी कोष, एन आई सी एशिया ग्रोथ फण्ड ८३। ५२ करोड ईकाइहरु नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकृत भएकोे छ ।
७ बर्षे बन्दमुखी योजना रहेको एन आइ सी एशिया ग्रोथ फण्डलाई धितोपत्र बोर्डबाट मिति २०७४ साल पुस ११ गते निष्काशन गर्नका लागि अनुमती प्राप्त गरि माघ २ गते देखि सर्वसाधारणमा ईकाइ बिक्री गरिएको थियो ।
उक्त ईकाइहरु नेपाल स्टक एक्सचेन्ज लिमिटेड तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूुचिकृत भई धितोपत्रको दोश्रो बजारमा कारोवार गर्न मिल्ने छ ।
कोषको लगानीको नाफाबाट लगानीकर्ताहरुले वार्षिक प्रतिफल पाउने छन् भने दोस्रो बजारमा हुने मूल्य परिवर्तनबाट पनि लगानीकर्ताले लाभ लिन सक्ने छन् । एन आई सी एशिया ग्रोथ फण्ड दोश्रो बजारमा ‘एनआइसीजिएफ’ नाममा कारोबार हुने छ ।
म्युचुअल फण्ड संगै एन आई सी एशिया क्यापिटलले पुंजी बजारमा लगानीकर्ताहरु माझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निष्काशन तथा विक्री प्रबन्ध, एक लाख पन्ध्र हजार अधिक डीम्याट (डीपी) सेवा, चार बटा कम्पनीको शेयर रजिष्ट्रार सेवा प्रदान गर्दै आइरहेको छ ।
एन आई सी एशिया क्यापिटलले निः शूल्क डीम्याट खाता साथै प्रथम वर्षको डीम्याट खाता संचालन शुल्क पुर्णरुपमा नलाग्ने व्यवस्था गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता