शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आगलागीबाट चार लाख बराबरको क्षति

बिहीबार, ०६ वैशाख २०७५, १७ : २०
बिहीबार, ०६ वैशाख २०७५

बाजुरा– बडीमालिका नगरपालिका–९ मा आज कृष्णबहादुर सिंहको घरमा आगलागी हुँदा रु चार लाख बराबरको क्षति भएको छ । 

विद्युत्को तार सट भएर आगलागी भएपछि घरमा भएका लत्ताकपडा, टिभी, अन्नलगायत सामग्री जलेर नष्ट भएको प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए । 

प्रहरी कार्यालय नजिकैको घरमा आगलागी भएकाले आधा घण्टामा नै उक्त आगो नियन्त्रणमा लिन प्रहरी सफल भएको वलीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप