बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

आइतबार, ०९ वैशाख २०७५, ०५ : ३०
आइतबार, ०९ वैशाख २०७५

आजको राशिफल  
वि.स.२०७५ साल वैशाख ०९ गते । आईतबार । ईश्वी सन् २०१८ अप्रिल २२ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । बैसाख शुक्लपक्ष । तिथि सप्तमी ३२ घडी ११ पला,बेलुकी ६ बजेर २७ मिनेट उप्रान्त अष्टमी । नक्षत्र पुनर्वशु,३७ घडी ११ पला,बेलुकी ८ बजेर २७ मिनेट उप्रान्त तिष्य । योग सुकर्मा  ४ घडि ५८ पला,बिहान ७ बजेर ३४ मिनेट उप्रान्त धृति । करण गर,बिहान ७  बजेर ४१ मिनेट उप्रान्त वणिज,बेलुकी ६ बजेर २८ मिनेट उप्रान्त भद्रा । 

आनन्दादिमा ध्वज योग । चन्द्रराशि मिथुन,दिउसो २ बजेर ५३ मिनेट उप्रान्त कर्कट  । रवि सप्तमी व्रत। गंगोत्पत्ति, गंगा सप्तमी। त्रिपुष्कर योग १८स्२८ बजेसम्म। पृथ्वी दिवस ।
काठमाडौंमा सूर्योदय ५ बजेर ३५ मिनेट,सूर्यास्त बेलुका ६ बजेर ३२ मिनेट । दिनमान ३२ घडी २२ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) उद्योग तथा व्यापार व्यावसायमा ध्यान नदिदा घाटा सहनुपर्ला । यात्रा गर्दा ध्यान दिनुहोला दुख पाईनेछ । दाजुभाई तथा छिमेकिको साथ नपाईने हुँदा मन खिन्न रहनेछ । मुद्दा मामिला तथा प्र्रतिश्पर्धामा तपाईको पक्षमा निर्णय नआउँदा मानशिक तनाब बढ्नेछ । बिद्यामा गरिएको लगानिबाट सन्तोषजनक नतिजा नआउँला । प्रयण सम्बन्धमा चिसोपन बढ्ने भएपनि अन्तत एक अर्कालाई बुझ्दै अगाडि बढ्न सकिनेछ ।

शुभ अंक — २

शुभ रंग — गुलावी

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) सामाजिक काम गरि नाम तथा दाम कमाउँन सकिनेछ भने समाजमा सम्मानित हुँने योग रहेकोछ । पढन पाढनमा मन जाने हुँनाले स्कुल तथा कलेजमा तपाईको नाम अग्र स्थानमा आउँनेछ ।  शुभ समाचारले मनमा थप उत्साह जगाउँनेछ भने नयाँ काम थालनि गर्दा भबिश्यमा मनग्गे धन लाभ लिन सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुले भरपुर रमाईलो गर्न सक्नेछन् । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ ।

शुभ अंक — २

शुभ रंग —  सेतो

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) मान,सम्मान तथा ईज्जत प्रतिष्ठामा आँच आउँन सक्छ कामगर्दा साबधानि अपनाउनु होला । व्यापार व्यावसायमा नाँफा कमाउँन निकै संघर्ष गर्नुपर्ला । आफन्तहरु तपाईसँग टाडिनेछन् । पति पत्नि बिच मनमुटाब बड्नेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । साझपखको समय राम्रो रहेकोले अध्ययनमा प्रगति हुनेछ भने सभा समारोहमा उपश्थित भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

शुभ अंक — ६

शुभ रंग — निलो

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । बिदेश यात्राको गतिलो सम्भावना रहेको छ भने बिदेशि सामानको व्यापार फस्टाएर जानेछ । माया प्रममा अबिश्वास बढ्नेछ भने सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने योग रहेकोछ । बेलुकीपखको समय राम्रो रहेकोले व्यापार फस्टाएर जानेछ भने आम्दानिका स्रोतहरु फराकिला बन्नेछन् । राम्रो पहिरनमा सजिएर अरुको मन सजिलै आफुतिर आकर्षित गर्न सकिनेछ ।

शुभ अंक — ४

शुभ रंग — सेतो 

 

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) तरल पदार्थ तथा पानि सँग सम्बन्धित व्यापारमा लगानि गरि आम्दानि बढाउँन सकिनेछ । घर परिवारबाट प्रसस्त सहयोग हुँने तथा बुवाको सल्लाह मान्दै अगाढि बढ्दा मनग्ने फाईदा हुँनेछ । पढाई लेखाईमा सुधार गर्दै लान सकिनेछ तथा शिक्षा क्षेत्रसँग सम्बन्धित कामबाट रुपैया पैसा कमाउँन सकिनेछ । छोटो समय तथा सानो प्रयत्नले कामहरु बन्ने हुँदा मन प्रशन्न हुँनेछ । साझपख खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या देखिन सक्छ ।

शुभ अंक — ५

शुभ रंग —  कफि

 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) राज्यबाट अनाबस्यक झै झमेला भोग्नु पर्नेछ भने सेवा प्रबाह गर्नेहरुले तपाईको काम समयमा नगर्दिनाले महत्वपुर्ण उपलब्धि गुम्न सक्छ । व्यापार व्यावसाय खस्केर जानेछ भने आम्दानिका स्रोतहरु साघुरा भएर जानेछन् । अध्ययन अध्यापनमा मन नजाने हुँनाले उपलब्धि अरुकै पोल्टोमा पर्नेछ । बेलुकीपखको समय राम्रो रहेकोले माया प्रेममा नजिक हुन सकिनेछ । दाजुभाई तथा आफन्तको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ ।

शुभ अंक — ६

शुभ रंग  — हरियो

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) नयाँ कार्य आरभ्भ गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ भने व्यापार व्यावसायमा थोरै समय दिदा पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । खोज तथा अनुशन्धानमा सकारात्मक नतिजा हात लगाउँन सकिने हुँनाले शरिरका थप उर्जा पैदा हुँनेछ । सरकारि तथा प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहेनेछ । प्रणय सम्बन्धमा आत्मियताको बिकास हुँनेछ भने घर परिवारमा सबैसँग सौहार्दपुर्ण सम्बन्ध स्थापना गर्न सकिनेछ । धर्म कर्ममा समय दिन सकिने हुँनाले मन  शान्त रहनेछ ।

शुभ अंक — ४

शुभ रंग — खरानि

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) समय तथा परिस्थितिको राम्रो सँग अध्ययन गरेर मात्र कुनै पनि कामको थालनि गर्नुहोला कामहरु बिग्रने अधिक सम्भावना रहेकोछ । आफन्त तथा आफुले  मन पराएको मानिससँग दुरि बढ्ने योग रहेकोछ । अपरान्हबाट समय तपाईकै पक्षमा आउने हुनाले अध्ययनमा सुधार गर्दै लान सकिनेछ भने नया बिषयमा खोज तथा अनुशन्धानमा गर्ने जागर आउनेछ ।

शुभ अंक — ४

शुभ रंग  — रातो

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) लामो दुरिको व्यावसायिक यात्रा हुनेछ भने व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोग पाईनेछ । अध्ययनमा बिद्यार्थी हरुले चाहेजस्तो नतिजा हात पार्न सक्नेछन् । बिलाशी बस्तुको प्रयोग मार्फत अरुको मन तान्न सकिनेछ । प्रिजजन भेट हुनेछ भने आथित्यपुर्ण सम्मान पाईने योग रहेकोछ । बेलकीपख कुनै काम नगर्नुनै राम्रो रहनेछ ।

शुभ  अंक — ३

शुभ रंग —  प्याजी

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) न्यायिक निर्णयहरु तपाईको पक्षमा हुँनेछैनन् भने वादबिवाद तथा प्रतिश्पर्धामा भाग लिए हारिने सम्भावना रहेको छ । पुराना समस्याहरु बल्झन सक्छ ध्यान दिनुहोला । अध्ययान अध्यापनमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ । मामा तथा मावलि पक्षसँग बिवाद बढ्ने योग रहेको छ । अपरान्हबाट समय तपाईकै पक्षमा आउने हुनाले व्यापारमा बृद्धि हुने योग रहेकोछ । यात्रा सँग सम्बन्धित कामहरु हुनेछन् ।

शुभ अंक — ४

शुभ रंग — निलो

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) भौतिक बस्तुहरुको प्रयोग गर्न पाईने तथा आकस्मिक धन सम्पति प्राप्त हुँने हुँदा सुखसागरमा रमाउँने समय रहेकोछ । शिक्षामा सुधार भई बिगतका कमजोरिलाई सच्याउँदै चाहेको गन्तब्य पहिल्याउँन सहज हुँनेछ । छुट्टिएका माया प्रेमहरु पुनह जोडिने अधिक सम्भावना रहेकोछ भने नयाँ नयाँ प्रेम प्रस्ताब आउँनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धि पेशा व्यावसायबाट मनग्गे धन कमाउँन सकिनेछ । आफन्त तथा सन्तानले प्रगति गरि तपाईलाई सम्झनेछन् । 

शुभ अंक — २

शुभ रंग — खरानि

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) प्रतिष्पर्धिहरु हार खानेछन् भने राजनिति तथा समाजसेवामा समनजनक स्थान पाउँने योग रहेकोछ । घर जग्गा तथा सवारि साधनको खरिद बिक्रिबाट मनग्गे आम्दानि गर्न सकिनेछ । आमा वा परिवारका सदस्यहरुको सहयो पाईने हुँदा शरिरमा स्फुर्ति बढ्नेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाढि बढ्न सकिनेछ । पढाई लेखाईमा सुधार भएर जानेछ भने तपाईको लोकप्रियता चुलिनेछ । पुराना झैझमेलाबाट मुत्तहुँने समय रहेकोछ । 

शुभ अंक — ६

शुभ रंग — पहेलो

 

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप