आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

२ दिनभित्र सबै आयोजनाको प्रगति विवरण पेस गर्न गण्डकीका मुख्यमन्त्रीको निर्देशन

मङ्गलबार, २५ वैशाख २०८१, १९ : ५१
मङ्गलबार, २५ वैशाख २०८१

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले २ दिनभित्र प्रदेशमा सञ्चालित सबै आयोजनाको प्रगति विवरण पेस गर्न निर्देशन दिएका छन् । मंगलबार प्रदेशमा भइरहेका विकास निर्माणको प्रगतिबारे छलफल गर्न राखिएको बैठकमा उनले मातहतका कार्यालयलाई तत्कालै प्रतिवेदन तयार गर्न भनेका हुन् ।

‘प्रदेशमा सञ्चालित हरेक आयोजनाहरूको वित्तीय प्रगति, भौतिक प्रगति, समस्या र समाधानका उपाय सूत्रमा लेखेर दूईदिन भित्र सबैले प्रतिवेदन बुझाउनुहोला,’ निर्देशन दिँदै उनले भने । तोकिएका काम समयमा हुनुपर्ने उनको भनाई छ ।

‘काममा तीव्रता बढाउनुस् । काम गर्ने क्रममा देखिएका समस्या प्रदेश सरकारले समाधान गर्छ,’ उनले भने, ‘हरेक ठाउँमा कामको गुनासो बढ्दो छ । कर्मचारी र निर्माण व्यवसायी दुवै पक्षले जिम्मेवारीलाई कुशलातपुर्वक पूरा गर्न सके आशा जगाउन सकिन्छ ।’

कर्मचारीहरूले आयोजनाहरूमा पर्याप्त बजेट नभएका कारण समयमा सम्पन्न गर्न नसकिएको गुनासो गरेका थिए । अधिकारीले स्रोत सुनिश्चित नभएका आयोजनाको ठेक्का नलगाउन मन्त्रालयका सचिवलाई निर्देश गरेका छन् । ‘स्रोत छैन भने ठेक्का नलगाउन सचिवले अडान लिनुपर्छ । ठेक्का भएपछि रकम छैन भन्ने अवस्था आउन दिनुहुन्न,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप