२ दिनभित्र सबै आयोजनाको प्रगति विवरण पेस गर्न गण्डकीका मुख्यमन्त्रीको निर्देशन
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले २ दिनभित्र प्रदेशमा सञ्चालित सबै आयोजनाको प्रगति विवरण पेस गर्न निर्देशन दिएका छन् । मंगलबार प्रदेशमा भइरहेका विकास निर्माणको प्रगतिबारे छलफल गर्न राखिएको बैठकमा उनले मातहतका कार्यालयलाई तत्कालै प्रतिवेदन तयार गर्न भनेका हुन् ।
‘प्रदेशमा सञ्चालित हरेक आयोजनाहरूको वित्तीय प्रगति, भौतिक प्रगति, समस्या र समाधानका उपाय सूत्रमा लेखेर दूईदिन भित्र सबैले प्रतिवेदन बुझाउनुहोला,’ निर्देशन दिँदै उनले भने । तोकिएका काम समयमा हुनुपर्ने उनको भनाई छ ।
‘काममा तीव्रता बढाउनुस् । काम गर्ने क्रममा देखिएका समस्या प्रदेश सरकारले समाधान गर्छ,’ उनले भने, ‘हरेक ठाउँमा कामको गुनासो बढ्दो छ । कर्मचारी र निर्माण व्यवसायी दुवै पक्षले जिम्मेवारीलाई कुशलातपुर्वक पूरा गर्न सके आशा जगाउन सकिन्छ ।’
कर्मचारीहरूले आयोजनाहरूमा पर्याप्त बजेट नभएका कारण समयमा सम्पन्न गर्न नसकिएको गुनासो गरेका थिए । अधिकारीले स्रोत सुनिश्चित नभएका आयोजनाको ठेक्का नलगाउन मन्त्रालयका सचिवलाई निर्देश गरेका छन् । ‘स्रोत छैन भने ठेक्का नलगाउन सचिवले अडान लिनुपर्छ । ठेक्का भएपछि रकम छैन भन्ने अवस्था आउन दिनुहुन्न,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण