आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

तपाई दाँत माझ्ने बुरुस ट्वाइलेटमा राख्नु हुन्छ  ?

मङ्गलबार, २५ वैशाख २०८१, १७ : ०६
मङ्गलबार, २५ वैशाख २०८१

काठमाडौँ । दाँत सफा राख्न हरेक दिन दुई पटक  बुरुस गर्नुपर्छ । यसले दाँतलाई ब्याक्टेरियाबाट जोगाउन र मुखको स्वास्थ्य सुधार गर्न मद्दत गर्छ । 

दाँतको स्वास्थ्य राम्रो बनाउन राम्रो गुणस्तरको बुरुस प्रयोग गर्नुपर्छ । दन्त चिकित्सकहरूका अनुसार हरेक २–३ महिनामा बुरुस फेर्नुपर्छ । 

प्रायः हामी दाँत माझेपछि ब्रसलाई बाथरुममा राखिदिन्छौँ । तर यस्तो गर्नु मुखको स्वास्थ्यको लागि खतरनाक हुन सक्छ । खासगरी बाथरुम र शौचालय एकै ठाउँमा छ भने ब्रस त्यहाँ राख्नै हुन्न ।  

 बुरुस शौचालय वा बाथरुममा राख्न नहुने दन्त चिकित्सकहरू बताउँछन् । शौचालयमा फेकल ब्याक्टेरिया (दिशामा पाइने ब्याक्टेरिया) धेरै हुन्छ । यो हावाबाट बुरुसमा जम्मा हुन थाल्छ । बाथरुम ओसिलो हुन्छ । ओसका कारण बुरुसमा ढुसी पर्ने खतरा हुन्छ । ट्वाइलेट जोडिएको बाथरुममै राखियो भने पनि फेकल ब्याक्टेरिया मुखबाट रगतमा पुग्न सक्छ । यसबाट मुखको स्वास्थ्य त बिग्रन्छ नै समग्र स्वास्थ्यमा समेत नराम्रो असर पर्न सक्छ । अन्य कयौँ प्रकारका संक्रमणले सताउन सक्छ ।  बुरुस स्ट्यान्ड पनि कहिल्यै ट्वाइलेट सिटको नजिक राख्नु हुँदैन ।

शौचालय वा बाथरुममै राख्नु पर्‍यो भने पनि ब्रसलाई सधैँ छोपेर राख्नुस् । प्रयोग गर्नु अघि पानीले राम्ररी धुनुस् । पानीले धुँदा बुरुसको ब्रिस्टलमा फसेका ब्याक्टेरिया बाहिर निस्कन्छन् । प्रयोग गरेपछि ब्रसलाई राम्ररी धोएर छोपेर राख्नुस् । यसले ब्याक्टेरियाबाट धेरै हदसम्म ब्रसलाई जोगाउन मद्दत मिल्छ । दाँतमा कुनै खालको समस्या देखिने बित्तिकै तुरुन्तै दन्त चिकित्सकको सल्लाह लिनुस् । दाँतको विषयमा कुनै लापरबाही नगर्नुस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप