मदन भण्डारीले देखाएको बाटोबाटै साम्यवाद आउँछः प्रधानमन्त्री ओली
काठमााडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई समृद्ध बनाउने संकल्प दोहोर्याएका छन् । मंगलबार काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान नजिक निर्माण गरिएको मदन भण्डारी स्मृति पार्कको उदघाटन गर्दैै उनले सो संकल्प दोहोर्याएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई सुन्दर, सफा र समृद्ध बनाउन एकपछि अर्को अभियान सञ्चालन गर्दै अघि बढने योजना पनि अघि सारे । प्रधानमन्त्री ओलीले मुलुकलाई पार्कजस्तै सुन्दर बनाउने प्रतिबद्धता ब्यक्त गर्दै सरकार देश बनाउन प्रतिबद्धता व्यक्त गरे । उनले मुलुकमा भ्रष्टाचार हुन नदिने पनि बताए । प्रधानमन्त्री ओलीले सरकारले केही गर्दैन भन्ने भ्रम छर्न खोजिएको भन्दै त्यसमा सचेत रहन पनि आग्रह गरे ।
उनले सरकारको देशहित बाहेक अन्य कुनै उद्देश्य नरहेको समेत स्पष्ट पार्दै सडकमा हुने सबै खालका बेथिती अन्त्य गर्ने घोषणा समेत गरे । प्रधानमन्त्री ओलीले मुलुक मदन भण्डारीले देखाएको बाटोबाट अघि बढेको दाबी गर्दै भण्डारीको विचार सबैको साझा विचार भएको समेत बताए । उनले भण्डारीको विचारअनुसार अघि बढने प्रतिवद्धता पनि व्यक्त गरे ।
एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले मदन भण्डारीले देखाएको बाटोबाटै मुलुकमा साम्यवाद आउने विश्वास पनि व्यक्त गरे । कार्यक्रममा बोल्दै एमाले वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले काठमाडौंको सडक निर्माणमा ढिलासुस्ती भइरहेको भन्दै सरकारको गम्भिर ध्यानाकर्षण समेत गराए ।
उनले मुलुकको आर्थिक विकास गर्ने सरकारको संकल्प प्रशंसनीय भएपनि काठमाडौंको सडक निर्माणमा भइरहेको ढिलाई सबैको टाउको दुखाईको विषयमा बन्ने गरेको पनि स्मरण गराए । कडा निगरानीका साथ सडक निर्माणको काममा तीव्रता दिन नेता नेपालको सरकारलाई सुझाव छ । बरिष्ठ नेता नेपालले वर्तमान सरकारले मुलुकमा भ्रष्टाचार हुन नदिने विश्वास ब्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दशजना शेर्पाको टोली एकैसाथ सगरमाथाको चुचुरोमा
-
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षणमा समेत बिचौलियाको बिगबिगी
-
हाम्रो औकात, क्षमता र आवश्यकता अनुसार खेलकुदको योजना बनाउँछौँ : मुख्यमन्त्री कँडेल
-
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै
-
नर्सिङ सुन्दरीले देखाए ट्यालेन्ट
-
आठौँ पोखरा स्पोर्ट्स अवार्ड : वर्ष उत्कृष्ट खेलाडी अर्जुन र सुस्मिता