जिल्लाका प्रत्येक वडामा आश्रयस्थल
बुधबार, १२ वैशाख २०७५, १२ : १०
भोजपुर- भोजपुरका प्रत्येक वडामा आश्रयस्थल बनाउने निर्णय गरिएको छ ।
आज बसेको जिल्ला दैविप्रकोप उद्धार समितिको बैठकले विपद् जोखिम न्यूनीकरण गर्न स्थानीय तहले प्रत्येक वडामा आश्रयस्थल बनाउने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी फणीन्द्र दाहालको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले स्थानीय तहमै स्थानीय विपद् व्यवस्थापन समिति गठन गरी कार्य गर्नुपर्ने भएको छ । स्थानीय तहले सुरक्षाकर्मी रेडक्रसलगायतसँग समन्वय गरेर विपद् व्यवस्थापनको आवश्यकीय सामग्री स्टक राख्नुपर्ने समेत निर्णय गरेको छ ।
प्राकृतिकरुपमा घट्न सक्ने विपत्तिबाट व्यवस्थापनका लागि यस्तो निर्णय गरिएको सहायक प्रजिअ उपेन्द्र न्यौपानेले जानकारी दिए । दुई नगरपालिकासहित सात गाउँपालिका रहेको भोजपुरमा ८१ वडा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला