शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी निकट अखिल क्रान्तिकारीले लगायो निजी विद्यालयमा तालाबन्दी

बुधबार, १२ वैशाख २०७५, १९ : ०९
बुधबार, १२ वैशाख २०७५

भीमदत्तनगर । विद्यार्थी भर्नाको चाप बढिरहेका बेला बुधबार कञ्चनपुरको भीमदत्तनगरस्थित दुई निजी विद्यालयमा विद्यार्थी संगठनले तालाबन्दी गरेको छ । 

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले विद्यालयबाटै कापी, कलमको व्यापार गरेको भन्दै यहाँस्थित इन्टरनेशनल पब्लिक स्कुल र होली चिल्ड्रेन एकेडेमीमा तालाबन्दी गरेको हो ।

विद्यार्थी संगठनले दुवै विद्यालयको लेखा तथा प्रशासन शाखामा तालाबन्दी गरेपछि विद्यार्थी भर्ना कार्य प्रभावित बनेको विद्यालय प्रशासनले जनाएको छ । 

निजी विद्यालय शैक्षिक मापदण्ड विपरीत सञ्चालन गर्नुका साथै शुल्कमा आफूखुसी वृद्धि गरेकाले तालाबन्दी गर्नुपरेको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष वीरेन्द्रराज विष्टले जानकारी दिए । 

क्रान्तिकारीले आन्दोलनरत पक्षको मागबारे सुनुवाइ नगरेको भन्दै मंगलबार जिल्ला शिक्षा अधिकारीको कुर्सी जलाएका थिए । प्रहरीले आगजनीमा संलग्न दुई विद्यार्थी नेतालाई पक्राउ गरेपनि मंगलबार साँझ नै रिहा गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप