शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

न्यूयोर्क सिटी काउन्सिलबाट नेपाली पत्रकार सम्मानित

बिहीबार, २७ वैशाख २०७५, २१ : ३६
बिहीबार, २७ वैशाख २०७५

न्यूयोर्क -अमेरिकाको न्यूयोर्कमा सक्रिय पत्रकारिता गर्दै आएका पत्रकार गोकुल श्रेष्ठलाई न्यूयोर्क सिटीका काउन्सिल मेम्बर कोस्टा कन्स्टान्टिनिडेसले सम्मान गरेका छन् । 

मे ९ तारिख बुधबार न्यूयोर्कको क्वीन्समा आयोजना गरिएको साउथ एशियन हेरिटेज सेलिब्रेशन कार्यक्रममा काउन्सिल मेम्बर कोस्टाले पत्रकार श्रेष्ठलाई सम्मान गरेका हुन् । 

तीनवर्षदेखि न्यूयोर्कबाट पत्रकारिता गर्दै आएका श्रेष्ठ न्यूयोर्क समाचारका प्रधान सम्पादक हुन् । 

उनलाई पत्रकारिताको माध्यमबाट नेपाली एवं नेपालीभाषी समुदायलाई पुर्याएको योगदानको कदर गर्दै उक्त सम्मान गरिएको हो । 

कार्यक्रममा समाजकाविभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप